रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस का प्रतिनिधिसभा उम्मेदवार डा. मोहम्मद फिरदोस आलम प्रति मतदाताहरुको विश्वास एवं आकर्षण बढ्दै गएका छन् ।
क्षेत्र नम्वर २ का आशा र भरोसामन्द जनताको प्रमुख अनुहारको रुपमा आलम बन्न सफल भएका हुन् ।
आलमको भावनात्मक रुपमा गरिने सेवा, इमानदारी र परिणाममुखी राजनीतिलाई आफ्नो पहिचान बनाएका उनले यसपटक केवल चुनाव जित्ने लक्ष्य मात्र होइन, वर्षौदेखि उपेक्षितलाई विकासको मूलधारमा जोड्ने स्पष्ट कार्ययोजना अघि सारेका छन् ।
स्व. शेख ईद्रीशबाट सुरु भएको कांग्रेसको राजनीतिक विरासत पूर्वमन्त्री स्व. अफताब आलम हुँदै आज डा. फिरदोसको काँधमा आइपुगेको छ । तर उनी आफूलाई केवल विरासतको उत्तराधिकारीका रूपमा मात्रै हेरेका होइनन, आधुनिक सोच, पेशागत दक्षता र जनमुखी कार्यशैली सहितको परिवर्तनको प्रतिनिधिका रूपमा प्रस्तुत गरे ।
आलम भन्छनः प्रहरी सेवामा चिकित्सकको रूपमा काम गर्दा देखेको गरिबी, उपचार अभाव र राज्यप्रति नागरिकको निराशा अहिले उनको राजनीतिक प्रमुख एजेन्डाको मेरुदण्डको रुपमा प्रस्तुत गरे । त्यसैले जनस्तरमा उनी “कागजी नेता होइन, अनुभूति एवं रियल नेता” का रूपमा आलमले आफूलाई मतदाता समक्ष चिनिन थालेका छन् ।
२०७९ को निर्वाचनमा दोस्रो स्थानमा रहे पनि उनले २८ हजार २४८ मत ल्याउँदै उल्लेख्य जनसमर्थन पाएका थिए । पराजयपछि पनि निराश नभई जनता माझ बस्ने, दुःख–सुख सुन्ने र समस्या टिपोट गर्ने शैलीले उनको छवि थप मजबुत बनेको कांग्रेस वृत्तको दाबी छ । चुनाव सकिएपछि गाउँमै सक्रिय रहने नेताका रूपमा उनी परिचित भएको छ । यसपटक उनको घरदैलो अभियान औपचारिकतामा सीमित छैन । युवा, जेन–जी, महिला, श्रमिक, किसान देखि ज्येष्ठ नागरिक सम्मसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राख्ने कार्ययोजना सार्वजनिक गरेको छ । “विकास नारामा होइन, काममा देखिनुपर्छ” भन्ने उनको अडानले युवापुस्तामाझ उत्साह थपिएको चर्चा छ ।
विपक्षी पक्षहरू भने परिवर्तनको नाममा नकारात्मक प्रचार र आरोप–प्रत्यारोपमा केन्द्रित रहेको कांग्रेस पक्षको आरोप छ । स्थानीय बुद्धिजीवीहरूका अनुसार विगतमा अवसर पाएर पनि उल्लेख्य काम गर्न नसकेकाहरू अहिले परिवर्तनका मसिहा बनेर प्रस्तुत हुनु मतदाता प्रति अन्याय हुन सक्छ । गाउँ–बस्तीमा “कामभन्दा भाषण ठूलो” हुने राजनीति प्रति असन्तुष्टि खुलेर सुनिन थालेको बताइन्छ ।
रौतहट–२ अझै सडक, सिँचाइ, गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवामा पछाडि परेका क्षेत्रको रुपमा हेरिने गरिन्छ । यही अवस्थालाई सम्बोधन गर्न ठोस योजना ल्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता फिरदोस दोहोर्याउँदै आएको छ । कांग्रेस समर्थकहरूका अनुसार विकासका योजना ल्याउने हैसियत र पहुँच उनीसँग रहेको दाबी गरिन्छ ।
यसैगरी फिरदोस आलमको प्रमुख प्रतिष्पर्धा निर्वतमान साँसद एवं एनसीपीका उम्मेदवार किरण साह पनि चुनावी अभियानलाई तिव्र बनाएको छ । साह प्रति क्षेत्र नम्वर २ का अधिकाँश मतदाताहरु खासै सन्तुष्ट देखिएका छैनन् । विगतका दिनमा साँसद रहदा विभिन्न कारणबस मतदातहरु संग राम्रो व्यवहार नगरेको हुँदा यसपाली साह माथि आलमको पडक निकै बलियो देखिन्छ ।