सर्लाहीको सीमा क्षेत्रमा तस्करीको ‘सञ्जाल’ सक्रिय ? सशस्त्रको घुमुवा महतो–चश्मावाली बीचको संवाद सार्वजनिक

0 Shares
सर्लाही, १२ फागुन । सर्लाही जिल्लाको सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध तस्करी गतिविधि बढ्दै गएको भन्दै स्थानीय बासिन्दाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
विशेषगरी त्रिभुवननगर नाकाको पुल आसपास क्षेत्र हुँदै अवैध ओसारपसार हुने गरेको आरोप सार्वजनिक भएपछि सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठ्न थालेका हुन् ।
सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुरेश महतो र चश्मावाली भन्ने एक महिला बीच संवादबाट सीमा क्षेत्रमा हुने तस्करी एवं राजस्व छलीको कार्यमा सुरक्षाकर्मीको संलग्नता विना सम्भव नरहेको प्रष्ट भएका छन् ।
तराई टप लाई प्राप्त भएको अडियो संवादमा “मेरो नाम कसैलाई भन्नु पर्दैन, हल्ला गर्नुपर्दैन, शान्त भएर काम गर्नु असई महतोले भने, महिला तस्करलाई म बसुनजेल सम्म तिम्रो काम चल्छ भनेको सुनिन्छ, पटक पटक काम गर, अव तिमीलाई डिष्टर्व गर्दिन, सशस्त्र प्रहरीको मलंगवा भन्सार स्थित डिएसपी संग कुरा मिलाइदिनुस महिला तस्करले भनेको प्रष्ट छ, करिअकवीको मालसामान समातेको हुँदा रुदै गरेको छ समेत लगायत कुराको जिक्र भएको सुनिन्छ” उक्त अडियोमा ।
एक पटक अवश्य सुनौं यो अडियो क्लिप
यो त एउटा उदाहरण मात्रै हो, तर यस्ता कारोवार गर्नका लागि असई महतोले जिल्ला देखि लिएर प्रदेश सम्म म्यानेज गरेर सर्लाहीमा तस्करीको ठूलो सेन्डिकेट संचालनमा रहेको पाइएका छन् ।
स्थानीय स्रोतका अनुसार संग्रामपुर, पर्सा, मधुबनी र भाँडसर क्षेत्रका सीमा सुरक्षा चौकी (बीओपी) का प्रमुखहरुको साँठगाँठमा साना–ठूला मालसामान ओसारपसार गर्ने तस्करको लाईन संचालनमा रहेको दाबी गरिएको छ । केही बासिन्दाले सुरक्षा निकायका कर्मचारीको संलग्नताका कारण यस्तो राजस्व छलीका कारोबार मौलाउँदै गएको आरोप लगाएका छन् ।
यद्यपि, सम्बन्धित सुरक्षा निकायले भने यी आरोप पुष्टि नभएको बताउँछन् ।
निर्वाचनको समयमा सुरक्षा जनशक्ति आन्तरिक सुरक्षामा केन्द्रित रहेको हुँदा सीमाक्षेत्रमा निगरानी कमजोर बनेको हुन सक्ने आकलन पनि गरिएको छ । यही मौकाको फाइदा उठाउँदै अवैध कारोबारीहरू सक्रिय भएको स्थानीयको भनाइ छ । “चुनावको चाप बढेपछि सीमा क्षेत्रमा चेकजाँच फितलो भएको जस्तो देखिन्छ,” एक स्थानीय व्यापारीले नाम नखुलाउने सर्तमा बताए ।
सन्तोष भण्डारी सहित दर्जनौ तस्करीले खाद्यान्न, लत्ताकपडा, स्पेयर पार्टस, रेडिमेट कपडा, काठ सहित विभिन्न अवैध सामानको ओसारपसारले राज्यको राजस्वमा क्षति पुर्याउनुका साथै सीमाक्षेत्रको सुरक्षामा चुनौती थपेको सरोकारवालाहरूको टिप्पणी गरे ।
सीमाक्षेत्रमा बढ्दो अवैध गतिविधि नियन्त्रण गर्न सम्भावित सुरक्षा रणनीति, नियमित अनुगमन र पारदर्शी अनुसन्धान आवश्यक रहेको देखिन्छ ।
सग्राम्पुर नाका भएर सन्तोष भण्डारी सहितका तस्करहरुले सीमापारीबाट ल्याएर राखेका कपडाको पोकाहरु र भारत तर्फ पठाउनका लागि राखिएका काठ । तस्वीरः स्थानीय बासिन्दाहरुले तराई टप लाई उपलब्ध गराएको तस्वीर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।