मोटरसाइकलमा माधवकुमार नेपाल मतदाताहरुको घरदैलोमा मत माग्दै

0 Shares
रौतहट, फागुन १३ । रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेका  माधवकुमार नेपाल यतिखेर चुनावी मैदान तताउँदै मोटरसाइकलमै सवार भएर जनताको घरदैलोमा पुगेर मत माग्नमा व्यस्त रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सह–संयोजक समेत रहेका उम्मेदवार नेपालले आज बिहान गौर मा पार्टी कार्यकर्ता तथा स्थानीय बासिन्दालाई सम्बोधन गर्दै आफूले ‘अन्तिम पटक’ उम्मेदवारी दिएको उल्लेख गर्दै जित सुनिश्चित गराइदिन तारा छापमा मतदान गर्न आग्रह गरे ।
“यो मेरो अन्तिम चुनाव हुन सक्छ, त्यसैले जनताले मलाई विश्वास गरेर जिताउनुपर्छ,” उनले सम्बोधनका क्रममा भने । गौर पछि नेता नेपाल दुर्गा भगवती गाउँपालिका–भलोहिया गाँउमा मोटरसाइकल बाटै घरदैलो अभियानमा सक्रिय देखिए । उनी अधिकांश समय कार्यकर्तामाझ भेटघाट, छलफल र संगठन सुदृढीकरणमा खर्च गरिरहेका छन् ।
यसपटकको निर्वाचनमा नेपाललाई विगतको भन्दा कडा प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपरेको छ । स्थानीय तहमा बदलिएको राजनीतिक समीकरण, नयाँ दलहरूको सक्रियता र मतदाताको बदलिदो मनोविज्ञानले चुनावी समीकरण रोचक बनेको छ ।
यद्यपि, लामो राजनीतिक अनुभव, संगठनको आधार र विकासका एजेन्डालाई अघि सार्दै नेता नेपाल चुनावी मैदानमा मजबुत उपस्थितिका साथ अघि बढिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।