वीरगञ्जको उद्योगमा कार्यरत एक २७ बर्षीय मजदुरको मेसिनमा च्यापिएर मृत्यु

0 Shares
वीरगञ्ज, १८ फागुन । वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित एक उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक युवा मजदुरको ज्यान गएको छ ।
मृत्यु हुनेमा पर्सागढी नगरपालिका–५ हर्दियाका २७ वर्षीय विरेन्द्र पण्डित रहेको हो । हिजो साँझ काम गर्ने क्रममा महेश शर्माले सञ्चालन गरेको ‘एक्स पिएम’ उद्योगमा मेसिनले च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट टोली खटिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
घटनापछि मृतकका आफन्त र स्थानीय बासिन्दा आइतबार साँझ उद्योग परिसरमा पुगेका थिए । उनीहरूले दुर्घटना शंकास्पद भएको दाबी गर्दै उद्योग सञ्चालक उपस्थित नभए सम्म थप कानुनी प्रक्रिया अघि नबढाउन माग गरे ।
पर्सागढी–५ का वडा अध्यक्ष नितेश मिश्रका अनुसार मजदुरले काम गरिरहेको सिसिटीभी फुटेज र प्रहरी उद्योगमा प्रवेश गरेको दृश्य भए पनि घटना भएको अवस्थाका फुटेज नभेटिए पछि शंका खडा भएको दाबी गरिएको छ ।
“घटना कसरी भयो भन्ने स्पष्ट छैन, कम्पनी मालिक सम्पर्कमा आएको छैनन,” उनले बताए ।
प्रहरीले भने अनुसन्धानपछि मात्रै घटनाको यथार्थ बाहिर आउने जनाए । यसैबीच उद्योगमा सुरक्षा मापदण्ड र कार्यस्थलको निगरानी प्रणालीमाथि प्रश्न उठ्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।