रौतहटमा कडा सुरक्षा घेराबीच प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा, १० हजार सुरक्षाकर्मी परिचालित

0 Shares
रौतहट, १९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाभरी सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको चारवटा निर्वाचन क्षेत्रमा १५७ वडामा २७७ मतदान स्थल रहेको छ भने ५४१ मतदान केन्द्र तोकिएको हो । जिल्लाभर ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरू पुगिसकेको प्रशासनले पुष्टि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार शान्तिपूर्ण निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा निर्वाचन प्रहरीसहित करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए । चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली समेत खटाइएको छ ।
समानुपातिक मत खसाल्न जिल्लाको तीन स्थानमा विशेष व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गौरस्थित जिल्ला अदालतको चौरमा कर्मचारी तथा सुरक्षाकर्मीका लागि, इलाका प्रहरी कार्यालय गौरको ब्यारेक मैदानमा सुरक्षाकर्मीका लागि तथा गौर कारागार मतदान स्थलमा कैदीबन्दीहरूका लागि समानुपातिक मतदानको व्यवस्था गरिएको निर्वाचन कार्यालय प्रमुख छोटेलाल दासले बताए ।
निर्वाचन स्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् । संयुक्त सुरक्षा टोलीले जिल्लाभर गस्ती तथा पेट्रोलिङलाई समेत तीव्र पारिएको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रजिअ भुसालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भुसालले आम मतदातालाई निर्धक्क भई आफ्ना मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।