0
Shares
रौतहट, २१ फागुन । रौतहटमा अहिले सम्म ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा भइरहेको शान्तिपूर्ण निर्वाचनमा १ लाख ६५ हजार मतदाताले मतदान गरिसकेको निर्वाचन कार्यालय
रौतहटका प्रमुख छोटेलाल दासले बताए ।
अहिले दिउँसो १२ बजेर ३० बजेसम्ममा जिल्लाका ४ वटै क्षेत्रमा गरी ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता छन् । जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थल कायम गरिएका छन् । २७७ मतदान स्थल मध्ये १५२ अतिसंवेदनशीलको सूची छन् । जिल्लाभरमा निकै उत्साह र शान्तिपूर्ण ढंगले मतदान जारी रहेको निर्वाचन प्रमुख दासले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन