बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

0 Shares
रौतहट, २४ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गको बागमती पुलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै करिव ४ घण्टा सम्म राजमार्ग अवरुद्ध गरे ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो दिउँसो करिब १ः२० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६२६३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्री चन्द्रपुर–१ मंगलपुरका सिकिन्द्र सहनीका १३ वर्षीय छोरा कृष्ण सहनीलाई ठक्कर दिएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका सहनीको टाउको र बायाँ खुट्टाको तिघ्रामा चोट लागेको थियो ।
घाइते बालकलाई तत्काल उपचारका लागि वीरगञ्ज पठाइएकोमा थप उपचारका लागि बारा स्थित एल.एस. न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा हिजो दिउसो ४ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटना पछि बस र चालक चितवन भरतपुर महानगरपालिका–५ निवासी ४१ वर्षीय सोमबहादुर प्रजालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे । अनुसन्धानमा चालकले मदिरा सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको प्रहरीले जनाएको छ ।
यसैबीच मृतकका आफन्त तथा स्थानीयवासीले आज दिउसो १२ बजे देखि मंगलपुरमा क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्गमा ढुंगा राखेर टायर बालेर अवरोध गरेका थिए । मृतककी आमा समेत सडकमा सुतेर विरोध जनाएपछि चार घण्टा सम्म राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।
घटनास्थलमा प्रहरी निरीक्षक कमलेश मण्डल, प्रहरी निरीक्षक रुपेश कुमार झा, सशस्त्र प्रहरी निरीक्षक राजेश आचार्य लगायतको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सम्झाइ–बुझाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा बस चालक विरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दा चलाउने सहमति भएपछि बेलुका करिब ४ बजेबाट राजमार्ग दुवैतर्फ सञ्चालनमा आएको डिएसपी वस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।