रौतहटमा १४२ जना उम्मेदवार मध्ये १२८ को जमानत जफत

0 Shares
रौतहट, २५ फागुन । रौतहट जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका मध्ये १२८ जना उम्मेदवारको जमानत जफत भएको छ ।
कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुले मनोनयन पत्र दर्ता गराउने समयमा राखेको धरौटी रकम जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार चारवटै निर्वाचन क्षेत्रमा कुल १४२ जना उम्मेदवारले मनोनयन दर्ता गराएर चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये मात्र १४ जना उम्मेदवारले आवश्यक मत प्राप्त गर्दै जमानत जोगाउन सफल भए ।
निर्वाचन क्षेत्र नम्बर–१ मा ३९ जना उम्मेदवार मध्ये ३४ जनाको जमानत जफत भएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ मा २६ उम्मेदवारमध्ये एमाले र जनता समाजवादी पार्टीका उम्मेदवारसहित २३ जनाको जमानत जफत भएको हो ।
निर्वाचन क्षेत्र नम्बर–३ मा ४० उम्मेदवारमध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा सहित ३७ जनाको जमानत जफत भएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर–४ मा ३७ उम्मेदवार मध्ये एमाले, जसपा र आजपा सहित ३४ जनाको जमानत जफत भएको जानकारी जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले दिए ।
निर्वाचन अधिकृत दासका अनुसार कानुनी प्रावधान अनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था रहेको छ । तराई टप संग कुरा गर्दै निर्वाचन अधिकारी दासले सोही प्रावधान अनुसार रौतहटमा १२८ जना उम्मेदवारको धरौटी जफत हुँदा कुल १२ लाख ८० हजार रुपैयाँ नेपाल सरकारको राजस्वमा जम्मा भएको छ ।
विजयी उम्मेदवारसहित जमानत जोगाउन सफल भएका १४ जना उम्मेदवारले प्रक्रिया पुर्याएर माग गरेमा नियमानुसार धरौटी रकम फिर्ता गरिने प्रमुख दासले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।