रौतहटमा २२ हजारभन्दा बढी मत बदर, मतदाता शिक्षामाथि प्रश्नचिन्ह खडा

0 Shares
प्रतिकात्मक तस्वीर
रौतहट, २६ फागुन । रौतहट जिल्लामा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएको तथ्य सार्वजनिक भएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार मतदानमा खसेका मतमध्ये २२ हजार ९९३ मत बदर भएको हो ।
जिल्लाको चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ४ लाख ३६ हजार ६११ मतदाता रहेको छ । जसमध्ये २ लाख ९२ हजार ५२९ मत खसेको थियो । तर ती मतमध्ये ठूलो संख्यामा मत अमान्य ठहरिएपछि निर्वाचन प्रक्रियामा मतदाता शिक्षाको प्रभावकारिता माथि प्रश्न उठ्न थालेको छ ।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले निर्वाचन अघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको स्वीकारे ।
“मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको थियो, तर पनि बदर मतको संख्या बढेको देखिन्छ,” उनले भने ।
विशेषगरी मतपत्रमा सही तरिकाले छाप नलगाउने, एकभन्दा बढी ठाउँमा छाप लगाउने तथा मतपत्रको निर्दिष्ट स्थानबाहिर छाप पर्ने जस्ता कारणले बदर मत बढेको हुन सक्ने जिल्ला निर्वाचन अधिकारी दासले अनुमान गरेको छ ।
निर्वाचन विश्लेषकहरूका अनुसार बदर मतको संख्या बढेकोमा चिन्ताको विषय मानिन्छ । मतदाताले दिएको मत अमान्य हुनु भनेको उनीहरूको अभिव्यक्ति मतगणनामा समेटिन नसक्नु हो ।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ । तर यत्रो संख्यामा बदर मत देखिएपछि आगामी निर्वाचनमा मतदाता शिक्षा अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।