बोतल तथा जरकिनमा पेट्रोल बिक्रीमा कडाइः नेपाल आयल निगमद्वारा देशभर प्रतिबन्ध

0 Shares
रौतहट, २६ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल जस्ता पेट्रोलियम पदार्थलाई बोतल वा जरकिनमा भरेर बिक्री तथा वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
बढ्दो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निगमले यस्तो निर्णय लागु गरेको जनाएको हो ।
निगमले सोमबार देशभरका विभिन्न पेट्रोलियम डिलर्स एसोसिएसनहरूलाई औपचारिक पत्र पठाउँदै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
निगमका अनुसार पछिल्लो समय केही स्थानमा पसलहरू र व्यक्तिहरूले अत्यन्त ज्वलनशील पेट्रोलियम पदार्थ बोतलमा भरेर बिक्री गर्ने गरेको गुनासो बढ्दै गएको छ । यसरी खुला रूपमा इन्धन बिक्री गर्दा आगलागी, विस्फोट वा अन्य गम्भीर दुर्घटना हुनसक्ने जोखिम उच्च हुने भएकाले तत्काल रोक्नुपर्ने आवश्यकता देखिएको निगमले जनाएको छ ।
पत्रमार्फत एसोसिएसनहरूलाई आफ्ना सदस्य बिक्रेताहरू तथा पेट्रोल पम्पहरूलाई बोतल र जरकिनमा इन्धन उपलब्ध गराउने अभ्यास तुरुन्त बन्द गर्न निर्देशन दिए । साथै सर्वसाधारणलाई पनि यसबारे सचेत गराउँदै अधिकृत पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न प्रोत्साहित गर्न भनिएको छ ।
निगमले अनुगमन टोली मार्फत विभिन्न स्थानमा निरीक्षण गर्ने जनाए । यदि निर्देश उलंघन भएको पाइएमा सम्बन्धित विक्रेता तथा पेट्रोल पम्पमाथि नियमअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
निगमका अनुसार उक्त कदमले पेट्रोलियम पदार्थको सुरक्षित वितरण प्रणालीलाई व्यवस्थित बनाउनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।