सर्लाही संवाददाता
सर्लाही, २७ फागुन । सर्लाहीको सीमावर्ती सखुअवा क्षेत्रका चोर नाकाहरूबाट ठूलो परिमाणमा कवाड सामग्री तथा अन्य सामान भारततर्फ तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ ।
स्थानीय स्रोतका अनुसार फलाम, ब्याट्री लगायतका कवाडका सामग्री नियमित रूपमा भारततर्फ तस्करी कार्य भईरहेको पाइएको तथ्य सर्वजनिक भएको हो ।
उक्त कवाडको कारोबारमा कृष्ण यादव, ललन चौधरी र रामु चौधरी लगायतका व्यक्तिहरू सक्रिय रहेको बताइन्छ । उनीहरूले सखुअवा क्षेत्रका चोर नाकाहरू प्रयोग गरी भारततर्फ सामान निर्वाध रुपमा तस्करी गर्दै आएका छन् ।
यसका साथै सखुअवा, सग्रामपुर र त्रिभुवननगर आसपासका अन्य सीमावर्ती नाकाबाट पनि अवैध रुपमा राजस्व छलीका सामानहरु तिव्र गतिमा ओसारपसार भइरहेको श्रोतले बतायो ।
श्रोतका अनुसार सन्तोष भण्डारी सहित ‘चश्मावाली’ नामले चिनिने महिला लगायतका कारोबारीहरूले नेपालबाट अखरोट, स्याउ र फर्सीको बीउ भारततर्फ पठाउने तथा भारतबाट कपडा, दैनिक उपभोग्य खाद्यान्न र सवारी साधनका स्पेयर पाट्र्स नेपाल भित्रर्याउने गरेको छ ।
स्थानीयले यस गतिविधिमा सुरक्षाकर्मीको मिलेमतो रहेको आरोप समेत लगाए । उनीहरूका अनुसार सखुअवा प्रहरी चौकी तथा सीमा क्षेत्रमा तैनाथ रहेको बिओपी प्रमुखको संरक्षणमा तस्करीको कारोबार हुँदै आएको दाबी गरिएको छ ।
सुरक्षा निकायका प्रमुखहरु मासिक रकम लिएर तस्करीलाई सहज बनाइदिएको आरोप छ । केही दिनअघि सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश महतो र तश्मावाली नामक महिला तस्कर विच भएको अडियो संवाद सार्वजनिक भएका थिए ।
उक्त अडियो संवादमा घुमुवा असई महतोले महिला तस्करलाई आफू बसुनजेल सम्म त्रिभुवननगर नाकामा रहेका पुल भएर तस्करी गर्न दिने विषयमा कुराकानी भएको थियो । उक्त अडियो सहितको समाचार तराई टप ले ब्रेक गरेपछि सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गणमा बसेर राजस्व छलीका कारोवारलाई संचालन गराउदै आएका छन् ।
यद्यपि यस विषयमा आधिकारिक रूपमा सम्बन्धित सुरक्षा निकायबाट स्पष्ट प्रतिक्रिया आउन सकेको छैनन । स्थानीय श्रोतहरूले सीमावर्ती क्षेत्रमा बढ्दै गएको तस्करी नियन्त्रण गरी कडा निगरानी बढाउन संगठन प्रति पूर्ण इमान्दार नभए सम्म यस्ता अबैध कारोबार नियन्त्रण गर्न निकै चुनौतीपूर्ण रहेको छ ।
सर्लाही सखुअवा स्थित नेपालबाट भारत तर्फ चोर नाका भएर मोटरसाइकलमा कबाडीका सामानहरु राखेर भईरहेको तस्करीको भिडियो ।