सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, जन्ती सहित ११ जना घाइते

0 Shares
सर्लाही, ३० फागुन । सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा शुक्रवार राति स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने जन्ती सहित ११ जना घाइते भएका छन् ।
गएराति ७ बजेको समयमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्कारपियोले जन्ती सहितको मानिसहरुलाई ठक्कर दिँदा बरहथवा नगरपालिका–९ निवासी ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएका हुन् ।
दुर्घटनामा विवाहमा जन्ती आएका व्यक्ति तथा स्थानीय गाउँले सहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइते हुनेहरुमा रौतहटको पिपरिया दोस्तियाका ७० वर्षीय कमल पटेल,  गढिमाई नगरपालिका–११ की ४५ वर्षीया बन्धना पटेल, बरहथवा–१० का १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलिप राय, बरहथवा–७ का २३ वर्षीय चन्दन पासवान, बरहथवा–१० की १२ वर्षीया दिपिका जयसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत र ५५ वर्षीय रामनारायण ठाकुर रहेको हो ।
घाइतेहरुको बरहथवाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाए ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा स्कारपियोलाई रोक्न खोज्दा चालकले थप व्यक्तिहरुलाई समेत ठक्कर दिएर भाग्दै गर्दा निजलाई समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
बरहथवा नगरपालिका–१२, लौकठका ४० वर्षीय स्कारपियो चालक नरेश ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।