“वारा जिल्ला भएर सीमावर्ती क्षेत्रमा तस्करीको नयाँ खेलः ३६ लाखको फर्सीको बीउको ट्रक सहित २ भारतीय पक्राउ”

0 Shares
बारा, ५ चैत । बारा जिल्लको भारत संग जोडिएका भारत–नेपाल सीमा क्षेत्रमा तस्करीको स्वरूप फेरिएको देखिएको छ ।
पछिल्ला समयमा सुनचाँदी होइन, ठूलो परिमाणमा फर्सीको बीउ ओसारपसार भइरहेको अवस्थामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ट्रक सहित दुई जना उत्तरप्रदेशका नागरिकलाई नियन्त्रणमा लिएर तस्करीको नयाँ स्वरुप फेरिएको पर्दाफास भएको हो ।
विशेष सूचनाका आधारमा एसएसबी को ७१ औं बटालियन, मोतिहारीले सञ्चालन गरेको विशेष अपरेशनमा करिब ३६ लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद गरिएको छ ।
एसएसबीको प्रारम्भिक अनुसन्धानमा बारा जिल्लाका विभिन्न नाकाबाट मोटरसाइकल मार्फत बीउ भारततर्फ भित्रयाइएका थिए । त्यसपछि बसवरिया गाउँ (घोडासहन क्षेत्र) मा जम्मा गरेर यूपी ४२ ईटी ७८६२ नम्बरको ट्रकमा लोड गरी दिल्ली पठाउने तयारीलाई एसएसबीले पर्दाफास गर्दै दुई जनालाई नियन्त्रणमा लिएको जनाएको हो ।
एसएसबीले डीआरआई, मुजफ्फरपुरसँग समन्वय गर्दै घोडासहन–ढाका सडकखण्डमा विशेष निगरानी बढाएको थियो । सोही क्रममा बुधबार राति करिब १० बजे लक्ष्मीपुर लौखन नजिक शंकास्पद ट्रक रोकेर जाँच गर्दा चालक र सहचालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
एसएसबीले चालक र सहचालक संग गरेको अनुसन्धानको क्रममा उक्त बीउ दिल्ली लैजान लागिएको खुलेको छ । नियन्त्रणमा लिएको ट्रकलाई रातभरी एसएसबी क्याम्पमा राखी बिहीबार बिहान थप अनुसन्धानका लागि डीआरआई कार्यालय पठाइएको छ ।
पक्राउ पर्नेमा उत्तर प्रदेश फैजाबादका ३५ वर्षीय मोहम्मद हसिब र बाराबंकीका ३१ वर्षीय मोहम्मद सलमान रहेका छन् ।
ट्रकबाट करिब ३०० बोरा फर्सीको बीउ बरामद गरिएको छ भने उक्त फर्सीको विउको तौल ११ हजार ५५० किलोग्राम रहेको बताइएको छ । भारतीय बजारमा प्रति किलो ३२० रुपैयाँका दरले ३६ लाख ९६ हजार मूल्याँकन गरिएको छ ।
यस प्रकारको घटनाले सीमाक्षेत्रमा तस्करीको नयाँ प्रवृत्ति देखाएको छ, जहाँ अब सामान्य कृषि वस्तुहरू समेत अवैध कारोबारको माध्यम बन्न थालेपछि सीमावर्ती क्षेत्रको सुरक्षा चुनौतीका विषयबस्तु बन्न लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।