मिटरब्याजी विरुद्ध किसान–मजदुरको विद्रोह, सरकारलाई कडा चेतावनी

0 Shares
रौतहट, ८ चैत । मिटरब्याजी साहु–महाजनहरूको ज्यादतीका विरुद्ध रौतहटका किसान तथा मजदुरहरू सडकमा उत्रिने भएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत आन्दोलनकारीहरूले आफ्ना ६ बुँदे माग सार्वजनिक गर्दै राज्यलाई कडा सन्देश दिएका हुन् ।
पत्रकार सम्मेलनमा आन्दोलनकारीहरूले चर्को ब्याजदरमा ऋण दिएर सर्वसाधारणलाई आर्थिक जालमा फसाइँदै आएको गम्भीर आपत्ती जनाए । सानो रकम लिदा पनि अस्वाभाविक ब्याज तिर्नुपर्ने बाध्यताले धेरै किसान र मजदुरहरूले आफ्नो जग्गा–जमिन गुमाउनु परेको अवस्था रहेको उनीहरूको गुनासो छ ।
“मिटरब्याजी विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड)” का तर्फबाट शिवशंकर महतोले प्रस्तुत माग पत्रमा मिटरब्याज सँग सम्बन्धित जाली कागजात खारेज गर्ने देखि लिएर विशेष ऐन निर्माण, न्यायाधिकरण गठन, अवैध सम्पत्ति छानबिन, हडपिएको सम्पत्ति फिर्ता तथा पीडितलाई क्षतिपूर्ति दिनु पर्ने जस्ता मागहरू समेटिएका छन् ।
साना व्यवसायीका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउन पनि माग गरिएको छ ।
आन्दोलनकारीहरूले समयमै माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिए । यता स्थानीय प्रशासनले भने समस्या समाधानका लागि पहल भइरहेको जनाए ।
यो आन्दोलन केवल आर्थिक शोषण विरुद्धको आवाज मात्र होइन, ग्रामीण समाजमा जरा गाडेको अन्यायपूर्ण प्रथा विरुद्धको सामूहिक विद्रोह हो । मिटरब्याज जस्तो प्रणालीले गरीब र निमुखा वर्गलाई झन् कमजोर बनाउने भएकाले यसको अन्त्य अपरिहार्य देखिन्छ ।
अब सरकार माथि केवल आश्वासनमा सीमित नभई ठोस कानुनी र व्यावहारिक कदम चाल्नुपर्ने दबाब सृजना गर्नुपर्ने नितान्त आवश्यक रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।