लिपुलेक हुँदै भारत–चीन व्यापार सुरु हुने तयारी

0 Shares
नेपाली भूभाग लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीन बीच सीमा व्यापार पुनः सुरु गर्ने तयारीले नेपालमा गम्भीर राजनीतिक तथा राष्ट्रिय बहसलाई जन्माएको छ ।
भारतले आगामी जुन महिना देखि तिब्बतसँग व्यापार सञ्चालन गर्ने योजना अघि बढाएको हो, जुन सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको थियो ।
यो प्रक्रिया नेपालमा सरकार परिवर्तनको संवेदनशील समयमा अघि बढाइएको छ । फागुन २१ गते सम्पन्न निर्वाचन पछि अन्तरिम सरकार बिदा हुने तयारीमा छ भने नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने देखिएको छ । यस्तो अवस्थामा बालेन्द्र साह नेतृत्वको सरकारले यस विषयमा कस्तो धारणा राख्ने हो भन्ने प्रतीक्षाको विषय बनेको छ ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार, व्यापारिक गतिविधि जुनदेखि सेप्टेम्बर सम्म सञ्चालन हुनेछ र मौसम अनुसार अवधि थप गर्न सकिनेछ । भारतले उत्तराखण्ड क्षेत्रबाट निर्माण गरेको सडक प्रयोग गरी तिब्बत सँग व्यापार गर्ने योजना बनाएको छ, जसले नेपाली भूमि प्रयोग भएको विषयलाई थप विवादास्पद बनाएको देखिन्छ ।
लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो आधिकारिक नक्सामा समेटिसकेको छ । तर, हाल उक्त क्षेत्र भारतीय नियन्त्रणमा रहेका छन् । नेपाल सरकारले विगतमा पटक–पटक विरोध जनाए पनि भारत र चीनबीच यसै मार्ग हुँदै व्यापार सञ्चालन गर्ने सहमति हुँदै आएको छ ।
भारतको पिथौरागढ जिल्लाका अधिकारीहरूले नाका सञ्चालनको तयारी तीव्र बनाएका छन् । स्थानीय प्रशासनले आवश्यक समन्वय बैठक सम्पन्न गरिसकेको र व्यापारिक अनुमति प्रक्रिया चाँडै सुरु हुने जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
चीन र भारत बीच पछिल्लो समय सम्बन्ध सुधार हुँदै गएको सन्दर्भमा लिपुलेक नाका पुनः सञ्चालनले रणनीतिक महत्वलाई थप बढाएको विश्लेषकहरू बताउँछन् । तर, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता माथि प्रश्न उठ्ने यस कदमप्रति सरकारको स्पष्ट धारणा नआए सम्म जनचासो र असन्तोष बढ्ने संकेत देखिएको कतिपय राजनीतिक विश्लेशकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।