दुर्घटनामा परेर ६ जनाको मृत्यु भएपछि गम्हरिया गाउँ शोकमग्न, सबैको सामुहिक अन्त्येष्ठि गरियो

845 Shares

तराई टप
गम्हरिया (रौतहट), १४ पुस । जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छन् ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ३ गम्हरिया गाउँका सलाउद्दिनको छोराको गौना गराउन रौतहटको परोहा नगरपालिकाको नरकटिया गएको जन्ति फर्किने क्रममा मंगलवार दिउसो ३.४० बजेको समयमा गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिकाको जयनगर स्थित सडक खण्डमा अनियन्त्रित भई दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका थिए ।
मुस्लिम समुदायको ६ जना युवक देखि वृद्ध सम्मको मृत्यु भएपछि गम्हरिया गाउँ हिजो देखि शोकमा डुवेका छन् । कसैको कोख उजडिएको छ भने कसैको घर मुली गुमाएको छ । दुर्घटनमा परेर मृत्यु भएका सबैको बुधवार सामुहिक रुपमा अन्तिम संस्कार गरिएको हो ।
मुस्लिम धर्म अनुसार ६ औ जनाको शव गम्हरिया मदर्शामा राखेर करिव दुई हजार मुस्लिम समुदायको बासिन्दाहरुको उपस्थितमा अजान पढेर, अल्लाह तालाको यही मन्जुरी रहेको भन्दै गाउँमै रहेको कव्रिस्तानमा लगेर सामुहिक रुपमा दफनाएको बताइएको छ । सो दुखद समारोहमा गढीमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादवले कसैले पनि नचिताएको घटना हाम्रो नगरपालिकाको बासिन्दाहरुले सहन गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको बताउदै जिप चलाउने चालकलाई अविलम्ब प्रहरीले नियन्त्रणमा लिईं पिडित परिवारलाई क्षतिपुर्ती दिलाउने तर्फ यथोचित पहल गर्नुपर्नेमा उनले जोड दिए ।
बिआर ०५ पिए ६९५३ भारतीय नम्वरको स्कारपिओ जिपमा चालक सहित सबार १० जना मध्ये १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह, ५५ बर्षिय मारुफ मिया अंसारी र २४ बर्षिय शेख छोटु, ३० बर्षिय अबुलेश र १५ सलाउद्दिनको मृत्यु भएको थियो ।
नाम खुल्न नसकेको चालक दुर्घटना हुनु केही वेर अघिनै हाम फालेर ज्यान जोगाई सिमापारी भारत तर्फ भागेर उपचार गराईरहेको पिडित परिवारले जनाएको छ । अत्याधिक गतिमा भारतीय नम्वरको स्कारपिओ जिप गुडाउदै गर्दा अनियन्त्रित भई उक्त दुर्घटना भएपनि चालकको चरम लापरवाहीको कारण अनाहकमा ६ जनाको ज्यान गएको गढीमाई नपाको मेयर यादवले बताउदै चालकलाई समातेर हदै सम्मको कारवाही गर्न स्थानीय प्रहरी प्रशासन संग माग गरे ।
यसैगरी सामुहिक अन्त्येष्ठिमा सहभागी भएका वृन्दावन नपाको मेयर रामस्नेही यादवले यो घटना अत्यन्तै हृदयविदारक भएको हुँदा आफनो नगरपालिकाबाट हुने सक्दो सहयोग पिडित परिवारलाई गर्ने प्रतिबद्धता जनाउदै दोषि चालकलाई अविलम्ब समातेर कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।