सर्लाहीको विभिन्न नाकाबाट तस्करी जारी, ठूलो परिमाणमा चाइनीज स्याउ लोड भएका पिकअप एसएसबीको नियन्त्रणमा

0 Shares
सर्लाही, ९ चैत । पछिल्लो समयमा ठूलो परिमाणमा सर्लाही जिल्लाको विभिन्न चोर नाकाहरु भएर विदेशी सामान सहित भारतीय सामानहरुको तस्करी ठूलो मात्रामा भईरहेको पाइएका छन् ।
सर्लाहीको सग्राम्पुर, पर्सा, त्रिभुवननगर, गोरखकाली, भाँडसर, बारा उधोरण, सिमरा, मधुवनी, अर्नाहा सहितका दर्जनौं नाकाहरु भएर दैनिक रुपमा लाखौं लाखका मालसामानहरु नेपालबाट भारत र भारतबाट नेपालमा तस्करीको माध्यमबाट आउने गरेका हुन् ।
उक्त कार्य गराउनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो भुमिका रहेको छ । त्यती मात्रै नभई जिल्लामा रहेका सुरक्षा निकायका जिम्मेवार पदाधिकारी देखि लिएर प्रदेश सुरक्षा निकायको मिलोमतोमा तस्करी कार्य फस्टाउदै गएको श्रोतले दाबी गरेका छन् ।
सर्लाहीमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक सुरेश महतो र नेपाल प्रहरीका कृष्णनन्दन घुमुवाको रुपमा परिचालित भएर तस्करहरुलाई लाइन दिएर साता र महिनावारी रुपमा रकम संकलन गरेर सम्बन्ध निकायलाई पुर्याउदै आएका कारण सर्लाहीमा तस्करी नियन्त्रण गर्न निकै चुनौतीपूर्ण देखिएका छन् ।
एसएसबीका ५१ वीं बटालियनका ढ़ाकाको टोलीले हिजो राति हनुमाननगर सर्लाहीको नेपाल–भारत सीमा नाकामा ठूलो तस्करी रोक्न सफल भएको बताइएको । नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा   ३,५१५ केजी चाइनीज सेव सहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सेव सहितका पिकअपलाई आवश्यक कारवाहीको लागि सोनवर्सा कष्टम अफिसमा बुझाइएको छ । यस घटनाले सीमाक्षेत्रमा हुने अवैध तस्करीको वास्तविकता उजागर गरेको छ र सुरक्षाकर्मीहरूको सतर्कता प्रशंसनीय देखिएको छ ।
चाइनिज सेव सहितका कारोवारमा नामुद तस्कर सन्तोष भन्डारी सहितका तस्करले ठूलो लाइन संचालन गरेर स्थानीय प्रशासन देखि लिएर सम्बन्ध निकायलाई आर्थिक प्रभावमा पारेर तस्करी कार्यलाई निरन्तरता दिदै आएको श्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।