CREDIT SUISSE नाममा नक्कली सुन ठगी धन्दा गर्ने अन्तरदेशिय गिरोहको पर्दाफासः चन्द्रनिगाहपुरको जगत रिसोर्टबाट दशी प्रमाण सहित ४ जना पक्राउ

0 Shares
फोटो क्याप्सनः नक्कली सुनको अन्तरदेशिय कारोवारको पर्दाफासः रौतहट सहित भारतका गरी चार जना दशीप्रमाण सहित प्रहरीको नियन्त्रणमा ।
रौतहट, ११ चैत । रौतहटमा नक्कली सुनको कारोवार गरी ठगी गर्ने गिरोहलाई रौतहट प्रहरीले पर्दाफास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा, चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटलमा सुनको खरिद विक्री भईरहेको सूचनाका आधारमा छापा मारेर सुनको धातु जस्तो देखि बस्तु सहित चार जनालाई नियन्त्रणमा लिइएका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई प्राप्त भएका विशेष सूचनाका आधारमा हिजो मंगलबार दिउँसो ४ः५५ बजेको समयमा डिएसपी रुपा लाबुङको कमाण्डमा खटिएका प्रहरी टोलीले जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ मा चार जना व्यक्ति फेला परे ।
चारै व्यक्तिको शरिर चेकजाँच गर्दा चन्द्रपुर नपा १० का ३० बर्षीय अरबीन्द चौधरीले लगाएको हाफ पाइन्टको खल्तिबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्याले बताए ।
प्रहरीका अनुसार बरामद पहेलो धातु बाहिरबाट हेर्दा वास्तविक सुनजस्तै देखिने गरी तयार पारिएको थियो । जसबाट सर्वसाधारणलाई झुक्याएर ठगी गर्ने योजना रहेको प्रारम्भिक अनुसन्धानमा देखाएको उनले बताए ।
उक्त कोठाबाट चौधरी बाहेक रौतहट बौधीमाई नगरपालिका–६ का ३८ बर्षीय रुपकेश राय यादव, नुवाकोटको तार्केश्वर नगरपालिका–३ घर भई हाल भारत पश्चिम बंगालको दार्जलिंङ जिल्लाको मटिघारा ग्राम पञ्चायत–३ का ३७ बर्षीय अशोक तामाङ र भारत पश्चिम बंगाल सिलीगुडी जयगाउँका ३० बर्षीय संजोक वस्नेतलाई नियन्त्रणम लिएको डिएसपी बस्यालले जानकारी दिए ।
उनीहरुको साथबाट ‘PAMP’ तथा ‘CREDIT SUISSE 10g FINE GOLD 999.9’ लेखिएको सुनजस्तो देखिने नक्कली धातु चार थान तथा टुक्रा पारिएका तीन थान गरेर ७ थान बरामद गरिएको उनले भने । निजहरुको साथबाट ६ थान मोवाइलको साथै ANTICK MAGNIFYING BINOCULAR, EAST INDYA COMPANY  लेखिएको एक थान बरामद गरिएको डिएसपी वस्यालले बताए ।
पक्राउ परेकाहरूमा रौतहट र अन्य जिल्लाका व्यक्तिसँगै भारत पश्चिम बंगाल सम्म यो गिरोह अन्तरदेशीय सञ्जाल सँग जोडिएको हुन सक्ने आशंका उनले व्यक्त गरे ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिपुरको हिरासत कक्षमा राखेर सुक्ष्म अनुसन्धान जारी रहेको समेत जारी विज्ञप्तीमा उल्लेख गरिएका छन् । साथ प्रहरीले यस्ता ठगीका घटनाप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।