भारत–नेपाल बीच आर्थिक सहकार्य गर्न बहस, नयाँ व्यापारिक सम्भावना खोज्न साझा आह्वान

0 Shares
वीरगञ्ज, १५ चैत । भारत–नेपाल आर्थिक सहकार्य गर्ने र नयाँ व्यापारिक सम्भावनालाई खोज्न दुबै देशका विज्ञहरु बीच साझा रुपमा आह्वान गरिएका छन् ।
भारतीय महावाणिज्य दूतावास, बीरगंजद्वारा बीरगंज उद्योग वाणिज्य संघ सँगको सहकार्यमा आज आइतबार शीर्षकमा दुबै देशका उद्योग वाणिज्य संघका पदाधिकारी एवं विज्ञहरु बीचको साझा महत्वपूर्ण गोष्ठी मार्फत उक्त आह्वान गरिएका हुन् ।
गोष्ठीमा महावाणिज्यदूत डी एस मीनाले भारत–नेपाल बीचको गहिरो आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने भइरहेको प्रयासहरु एवं सम्भावना बारे प्रकाश पार्दै द्विपक्षीय व्यापार विस्तारमा जोड दिए ।
काठमाडौं स्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित महावाणिज्य दूतावासको सक्रिय भूमिकालाई उल्लेख गर्दै एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह, रेलवे तथा डिजिटल कनेक्टिभिटी जस्ता पूर्वाधार निर्माणबाट आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट पारे ।
महावाणिज्यदूत मिनाले स्टार्टअप, आईसीटी, पर्यटन र कृषि–प्रशोधन लगायतको क्षेत्रमा संयुक्त लगानीका व्यापक सम्भावना रहेको बताउदै नेपाली व्यवसायीहरू भारतीय साझेदार सँग सहकार्य गरेर ठूलो लाभ लिन सक्ने अवस्था सृजना भएको जिकिर गरे ।
महावाणिज्यदूत मीना ले व्यापार सहजीकरणका लागि महावाणिज्य दूतावासको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा माधव राजपाल, सुभाष कुमार पटवारी, मनीष कुमार, अशोक वैद्य, ओम प्रकाश शर्मा र रिपु रमन लगायत वक्ताहरुद्वारा धारणा राखिएका थिए ।
गोष्ठीको मुख्य उद्देश्य दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ व्यापारिक अवसरहरूको खोजी गर्नु रहेको आयोजकको मुख्य उद्देश्य रहेको जनाए ।
कार्यक्रममा सहभागी नेपाल भारतका व्यापार जगतका विज्ञहरूले द्विपक्षीय व्यापार विस्तारका उपायहरूबारे सकारात्मक सुझावहरु दिदै व्यवसायिक समस्याहरूमा खुलेर बहस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।