२० लाखको भन्सार छलीका सामान सहित २० वटा बाइक रौतहट प्रहरीको नियन्त्रणमा

0 Shares
रौतहट, १५ चैत । रौतहट प्रहरीले गौर नगरपालिका मुख्य सडकमा सवारे साधन चेकजाँच गर्दा २० लाख भन्दा बढिको मालसमानहरु नियन्त्रणमा लिएका छन् ।
उक्त मालसामानहरु नियन्त्रणमा लिए संगैं २० वटा मोटरसाइकल (बाईक) नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, भन्सार छली गरेर ल्याइएका माल सामानसहित २० वटा अवैध मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिका–४ मा सवारी साधन चेकजाँच गर्ने क्रममा खाद्यान्न तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको भन्सार तिरेको कुनैपनि कागजातहरु नरहेपछि ६७ हजार ८५० रुपैयाको सामान नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।
यस्तै पछिल्लो विभिन्न मितिमा सबारी साधनहरुको कागजातहरु चेकजाचको क्रममा कागजपत्र विहीन २० थान मोटरसाइकल समेत गरी १९ लाख ७७ हजार ८५० रुपैयाँ बराबरको मुल्याँकन गरेर बाइक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णु प्रदीप वस्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।
बरामद गरिएका उक्त सामानहरू सहित बाईकलाई आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको डिएसपी वस्यालले बुझाए ।
स्मरण रहोस, गौर नगरपालिका ४ मा भन्सार छलेर भित्रयाइएको सामानहरु सहित मोटरसाइकल समात्ने तर भन्सार क्षेत्रमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले किन छाडेको होलान ? त्यसको कहिले पनि अनुसन्धान प्रहरीले गर्यो भने प्रश्न उठ्नु स्वभाविकै हो ।
भन्सारको ढाटमा ठूल ठूला सिसि टिभी क्यामरा जडान रहेपनि चुहावट गर्नेलाई कारवाही किन गरिएन होला ? सोचनिय विषय रहेको छ । संस्थागत रुपमा भईरहेको राजस्व चुहावटको कार्यलाई नियन्त्रण गर्न जिम्मेवार निकाय इमान्दार भए मात्रै सम्भव हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।