अवैध रूपमा भित्रयाइएका बोइलर कुखुरा सहितको गाडी दुर्गा भगवतीबाट प्रहरी नियन्त्रणमा

0 Shares
रौतहट, १६ चैत । अबैध रुपमा चोर बाटो भएर नेपाल भित्रयाइएका  बोइलर कुखुरा लोड भएका गाडीलाई रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीबाट प्रहरीले नियन्त्रणमा लिएका छन् ।
भारतीय बोइलर कुखुराका अबैध कारोबारबाट नेपाली व्यवसायी मर्कामा पर्दै गएपछि रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराको प्रहरीले दुर्गा भगवती गाउँपालिका–३ गौर गंगापिपरा सडक खण्डबाट नियन्त्रणमा लिएका हुन् ।
सोमवार विहान ६.४० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेका ना.५ च. ३५६५ नम्वरको कुखुरा बोक्ने बोलेरो गाडीलाई प्रहरीले नियन्त्रणमा लिए ।
नियन्त्रणमा लिएका ३५० पिस (७५० केजी) बोइलर कुखुरा  राजपुर नगरपालिका–५  स्थित मुस्कान पोल्ट्रि फर्म निस्केर गरुडा नगरपालिका–९ तर्फ लैजादै गरिएको अवस्थामा मत्सरी क्षेत्रबाट नियन्त्रणमा लिएको जनाइएको छ । जिल्ला कुखुरा व्यवसायिक किसान संघ रौतहटको समन्वयमा अबैध भारतीय बोइलर कुखुरा नियन्त्रण गर्न सफल भएको प्रत्यक्षदर्शीहरुले बताए ।
गाडी चालक गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हक सहित बोइलर कुरालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको इप्रका गंगापिपराबाट बुझिएको छ ।
स्मरण रहोस, मुस्कान पोल्ट्रि फर्म राजपुरका संचालक रामप्रवेश साह कुख्यात बोइलर कुखुरा तस्कर रहेको बुझिएको छ । उनले सीमापारी भारतबाट चोर नाका भएर सुरक्षाकर्मीको मिलोमतोमा राजपुर सम्म ल्याएर आफनै फर्मको बिलमा यस्ता गोरख धन्धा संचालन गरिरहेको श्रोतले बतायो ।
गरुडा नगरपालिकाको विर्ता जाने उक्त गाडी ग्रामिण भेग भएर जाने क्रममा पक्राउ पर्नुबाट सीमा क्षेत्रमा खटिएका सुरक्षा युनिटहरु प्रति अहिले गम्भीर प्रश्न खडा भएको छ । सीमामा कडाईका साथ निगरानी गरेको भएर २० किलोमिटर भित्र सम्म आउने तस्करहरु आँट गर्ने थिएन तर सिमामा सुरक्षाकर्मीहरुको अबैध सेटिंगकै कारण यस्ता कारोवार मौलाउदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।