एआईको मद्दतबाट तयार पारिएका तस्वीर हो ।
रौतहट, १८ चैत । भारतको रक्सौललाई नेपालको काठमाडौ सँग जोड्ने बहुप्रतिक्षित १३६ किलोमिटर लामो ब्रोडगेज रेल परियोजना को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
भारतीय रेल मन्त्रालयले फाइनल लोकेसन सर्वे (एफएलएस) पूरा गरी डीपीआर तयार पारेको हो तथा अब नेपाल सरकारद्वारा स्वीकृतिको पर्खाइमा रहेको हो ।
यात्रा समय र सुविधा
हाल बस वा अन्य सवारीबाट ६ देखि ९ घण्टा लाग्ने रक्सौल–काठमाडौ सम्मको यात्रा रेल सुरु भएपछि २ देखि ३ घण्टामै पुग्न सकिने छ ।
विद्युतीय ब्रोडगेज रेलले १२० किलोमिटर प्रतिघण्टा सम्मको गति राख्न सक्ने छ । यात्रु र मालवाहक दुवै सेवा सञ्चालन भएपछि सामानहरुको कष्टमा सेत कमि आउने बताइएको छ ।
भाडा किफायतीता हुने
रेलको भाडा दुई सयदेखि तीन सय रुपैयाँ सम्म मात्र रहने सम्भावना छ । यसले साधारण नागरिक, पर्यटक र व्यापारीहरूलाई ठूलो राहत मिल्ने छ ।
इन्जिनियरिङ चुनौती र संरचना
यो परियोजना पहाडी तथा भौगोलिक रूपमा अत्यन्त चुनौतीपूर्ण छ ।
मुख्य विशेषताहरूः
३९ वटा सुरुङ (कुल लम्बाइ करिब ४२ किलोमिटर)
४१ वटा ठूला पुल र १२४ वटा पुल÷संरचना (केही स्रोतअनुसार)
२५९ वटा साना पुल
३२ वटा रोड ओभरब्रिज र ५३ वटा अन्डरपास गरेर १३ वटा स्टेसन (वीरगञ्ज, चन्द्रपुर÷निजगढ, सिखरपुर, सिस्नेरी, चोभार आदि समावेश रहने छ ।)
रुटः
रक्सौल → वीरगञ्ज÷मनहरवा → निजगढ → सिखरपुर → सिस्नेरी → सतिखेल÷चोभार → काठमाडौँ
आर्थिक र सामाजिक प्रभावः
व्यापार र ढुवानीः मालसामान सस्तो र छिटो ढुवानी हुने भएकाले वस्तुको मूल्य घट्ने र दुवै देशबीचको व्यापार बढ्ने अपेक्षा गरिएको छ ।
पर्यटनः काठमाडौ सम्म सिधा रेल कनेक्टिभिटीले पर्यटन क्षेत्रलाई ठूलो फाइदा पुर्याउनेछ ।
दीर्घकालीनः यो लाइन भविष्यमा दिल्ली–काठमाडौ सिधा रेल सेवाको आधार बन्न सक्ने बताइएको छ ।
अनुमानित लागतः करिब २५,००० करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँमा साढे ४ खर्ब जति) को हुनेछ ।
यो परियोजना भारत र नेपाल बीचको आर्थिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने ऐतिहासिक कदम मानिएको छ । नेपाल सरकारले डीपीआर स्वीकृत गरेपछि निर्माण कार्य छिट्टै अघि बढ्ने बाटो खुल्नेछ ।
निर्माण अवधि करिब ५ वर्ष हुने अनुमान गरिएको छ । यो रेल लाइनले नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात हुने सम्भावना व्यक्त गरिएका छन् ।