भारत–नेपाल बीच सहकार्य सुदृढ हुँदैः ४७ करोडका ७ विकास परियोजना पत्रमा हस्ताक्षर

0 Shares
रौतहट, १९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय राजदूतावास बीच सातवटा उच्च प्रभावका सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर भएका परियोजना अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोर निर्माणको लागि विकास परियोजना कार्यान्वयनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास तथा क्यान्टिन निर्माण गरिनेछ ।
यसैगरी कैलालीको गौरीगंगा नगरपालिका–११ मा श्री कालिका आधारभूत विद्यालय भवन निर्माण, रौतहटको परोहा नगरपालिका–४ मा बर्थिङ सेन्टर निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा श्री कस्तुरी माध्यमिक विद्यालय भवन तथा बाँकेको खजुरा गाउँपालिका–४ मा श्री जनकल्याण माध्यमिक विद्यालय भवन निर्माण गरिनेछ ।
दूतावासका अनुसार यी सबै परियोजनाहरू सम्बन्धित स्थानीय तह र संस्था मार्फत कार्यान्वयन गरिनेछ । भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालन हुने यस्ता परियोजनाहरूको लागत करिब ४७ करोड ३० लाख रुपैया रहेको जनाइएको छ ।
यो परियोजनाहरूले स्थानीय स्तरमा पूर्वाधार विकास, सेवा विस्तार र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै नेपाल–भारत बीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।