एसइइ परीक्षामा संगठित नक्कली गिरोहलाई रौतहट प्रहरीद्वारा पर्दाफासः WhatsApp मार्फत प्रश्न आउट गर्ने ३ जना पक्राउ

0 Shares
रौतहट, २० चैत । रौतहटमा एसइइ परीक्षाको मर्यादा विपरित कार्य गरी  प्रविधिको दुरुपयोग गरेर प्रश्नपत्र बाहिर निकाल्ने गिरोहलाई रौतहट प्रहरीले पर्दाफास गरेको छ ।
प्रहरीले WhatsApp समूह मार्फत प्रश्न ‘आउट’ गरी उत्तर पठाउने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तीमा शुक्रवार  बिहान साढे १० बजेको समयमा गरुडा नगरपालिका स्थित परीक्षा केन्द्रहरूबाट प्रश्नपत्र बाहिर निकालेर मोबाइल मार्फत उत्तर पठाउने कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले सख्त कदम उठाएको छ ।
परीक्षा दिइरहेका विद्यार्थीहरूलाई WhatsApp ग्रुपमा जोडेर केन्द्रबाट प्रश्न बाहिर ल्याई अनलाइन माध्यमबाट उत्तर उपलब्ध गराउदै आएर एसइइ परीक्षाको विश्वसनीयता र मर्यादा माथि गम्भीर प्रहार गरेको प्रहरीको ठहर छ ।
पक्राउ पर्नेहरूमा रौतहट गरुडा–७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन–७ का २० वर्षीय रोहित कुमार पटेल र सर्लाही बलरा–८ का १८ वर्षीय धिरज साह रहेको जनाए ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको निमित्त सुचना अधिकारी जिवनकुमार मैनालीले बताए । यस घटनाले परीक्षा प्रणालीमा प्रविधिको दुरुपयोग कति गम्भीर रूपमा बढ्दै गएको छ भन्ने स्पष्ट पारेको उनले भने ।
यस्तै मावी बरगजवा परीक्षा केन्द्रमा गरुडा मावीको परीक्षार्थीहरु परिक्षा दिईरहेको अवस्थामा सोही मावीका विषयगत शिक्षकहरु राखेर शंकाष्पद गतिविधि गराईरहेको अवस्थामा केही वेर नियन्त्रणमा राखेर अब उपरान्त यस्तो नगर्ने शर्तमा उनीहरुलाई छाडिएका थिए । एसइइ परीक्षालाई मर्यादित बनाउन सबै पक्षहरु आ आफना स्तरबाट लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले यदी मर्यादा विपरित कार्य गरिएको पाइएमा प्रचलित ऐन अनुसार कारवाहीको भागी हुने समेत चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।