‘बिना प्रमाण पक्राउ’ गरेकोमा लेखापढी व्यवसायीको आक्रोशः रिहाइको माग गर्दै प्रजिअलाई बुझाए ज्ञापन

0 Shares
रौतहट, २६ चैत । रौतहटमा कार्यरत रहेका लेखापढी व्यवसायीहरूमाथि राज्य पक्षबाट बल प्रयोग गरी बिना प्रमाण पक्राउ गरिएको भन्दै सम्बन्धित व्यवसायी तथा उनीहरूका पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन् ।
गौर र चन्द्रपुर क्षेत्रमा अवस्थित मालपोत कार्यालय सँग सम्बन्धित घटनामा गौरबाट चार र चन्द्रपुरबाट एक जना गरी पाँच जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर थुनामा राखिएको विरोधमा आक्रोश पोख्दै विना ठोस प्रमाणको समातेकोमा रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले पक्राउ परेकाहरूलाई बिना सर्त यथाशीघ्र रिहा गर्न प्रशासनसँग जोडदार माग गरे । व्यवसायीहरूका अनुसार उनीहरू अदालतबाट वैधानिक रूपमा लाइसेन्स प्राप्त गरी मालपोत कार्यालय मार्फत भू–सेवा केन्द्र सञ्चालन गर्दै आएका छन् ।
सेवाग्राहीहरूको कामकाजमा सहजीकरण गर्दै आएको अवस्थामा अचानक गरिएको कारबाहीले पेशा माथि नै अन्याय भएको उनीहरूको गुनासो छ । राज्य पक्षबाट प्रयोग गरिएका केही शब्दावली र व्यवहारले व्यवसायीहरूको प्रतिष्ठामा आँच पुर्याएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाए ।
पेशागत मर्यादामाथि प्रहार हुने गरी गरिएको व्यवहार अस्वीकार्य रहेको उनीहरूको भनाइ छ । यस विषयमा लेखापढी व्यवसायी एसोसिएशन गौर तथा चन्द्रपुर, गरुडा र मौलापुर इकाइ समितिहरूको संयुक्त बैठक बसेर आवश्यक निर्णय गरिएको थियो ।
सोही निर्णयअनुसार तयार पारिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, गौरमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल समक्ष ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्र मार्फत सम्बन्धित निकायसँग समन्वय गरी समस्याको छिटो समाधान गर्न आग्रह गरिएको छ भने आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक पहल गर्न पनि उनीहरुको माग छ ।
उक्त ज्ञापनपत्रमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन गौर रौतहटका अध्यक्ष हरिनारायण साह, चन्द्रपुर इकाई अध्यक्ष दिननारायण चौधरी, गरुडा इकाई अध्यक्ष हेमलाल साह तथा मौलापुर इकाई अध्यक्ष बालेकिस्मत यादव लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।