भारतीय सहयोगमा बाराको प्रसौनीमा आधुनिक विद्यालय तथा पुस्तकाल भवनको शिलान्यास

0 Shares
रौतहट, १ वैशाख । बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित बेंगा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवनको निर्माण कार्य औपचारिक रूपमा शिलान्यास गरिएको छ ।
भारत सरकारको ३३.२ मिलियन रुपैया लागतमा निर्माण हुन लागेको उक्त परियोजनाको हिजो सोमबार एक विशेष समारोहका बीच शिलान्यास गरिएको हो ।
भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिलान्यास गर्दै शिक्षा क्षेत्रमा भारतले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे । उनले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि यस्ता परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उक्त भवन तीन तल्ले अत्याधुनिक संरचनामा निर्माण गरिनेछ, जसमा फर्निचर, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, क्यान्टीन तथा भान्साघर लगायतका सुविधा समावेश गरिनेछ । यसले विद्यालयलाई पूर्ण रूपमा सुविधा सम्पन्न शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसिडिपी) अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको छ । यस्ता कार्यक्रम मार्फत स्थानीय तहमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा सहयोग पुर्याइँदै आएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीयवासीले यस परियोजनाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई आधुनिक सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।