रौतहटमा अवैध क्रसरको साम्राज्यः १८ मध्ये १० उद्योग गैरकानुनी, नदी दोहन र करछली मौलायो

0 Shares
रौतहट, १ वैशाख । रौतहट जिल्लामा अवैध रूपमा सञ्चालित क्रसर उद्योगले नदी दोहन र करछलीलाई तीव्र बनाउँदै गएको खुलासा भएका छन् ।
वागमती, लालबकैया लगायतका नदीबाट ढुंगा, गिट्टी र बालुवा अवैध रूपमा उत्खनन गर्दै केही व्यापारी र नेताको मिलेमतोमा अकुत सम्पत्ति आर्जन संलिप्त रहेको स्थानीयले आरोप लगाएका हुन् ।
जिल्लामा सञ्चालनमा रहेका १८ क्रसर उद्योग मध्ये मात्र ८ वटा मात्रै वैध रहेको र बाँकी उद्योग अवैध रूपमा निर्वाध सञ्चालनमा रहेको पाइएको छ ।
यस्ता उद्योगहरूले न त दर्ता नवीकरण गरेका छन्, न त कारोबारको विवरण नै राख्ने गरेका छन् । परिणाम स्वरूप नदी दोहन तीव्र बन्दै गएको छ भने राज्यलाई बुझाउनु पर्ने राजस्व समेत व्यापक रूपमा छलिँदै आएको गम्भीर आरोप लागेको छ ।
नियमन गर्ने निकाय भने निष्क्रिय जस्तै देखिएको छ । सम्बन्धित निकायद्वारा अनुगमन तथा नियन्त्रण संयन्त्र सक्रिय नहुँदा अवैध क्रसर उद्योगहरू खुलेआम सञ्चालन भइरहेका छन् । स्थानीयका अनुसार केही उद्योगहरूले आफ्नो ‘पावर’ र पहुँचका आधारमा कानुनलाई चुनौती दिँदै सञ्चालन जारी राखेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय रौतहट की प्रमुख रिन्की जयसवालले कार्यालय सँग प्रत्यक्ष कारबाही गर्ने अधिकार नभएको स्पष्ट पारिन् । उनले जिल्ला समन्वय समितिको पहलमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली गठन भए मात्र निरीक्षण सम्भव हुने बताउँदै नियामक निकायको निष्क्रियताका कारण आफूहरू ‘मुखदर्शक’ बन्नुपरेको गुनासो गरिन् ।
यसैगरी प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट अबैध क्रशर उद्योगलाई नियमन गर्न चाडै उपसमितिको बैठक बसेर कडाइका साथ नियमन गर्ने उनले बताए । उनले कानुनी प्रक्रिया अनुसार आवश्यक कदम चालिने बताए पनि हालसम्म ठोस कार्यान्वयन नदेखिएको भन्दै स्थानीयमा असन्तुष्टि बढेका छन् ।
विशेषगरी बृन्दावन नगरपालिका–१ रमौली र वडा नं. ४ हरैया क्षेत्रमा अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू खुलेआम सञ्चालनमा रहेको स्थानीयको भनाइ छ । ती उद्योगहरूले सरकारी कर छल्नुका साथै प्राकृतिक स्रोतको दोहन तीव्र रूपमा गरिरहेका श्रोतले बतायो ।
गढीमाई क्रसर, गायत्री क्रसर, न्यू गढीमाई क्रसर, कंकाली माई क्रसर, शिव शंकर क्रसर लगायत केही उद्योग मात्र वैध रूपमा सञ्चालनमा रहेको छ । तर शंकर मोचन, शिवम्, सुमुख, महालक्ष्मी, बाबा, चमेली माई, शिव पार्वती लगायतका उद्योगहरू अवैध रूपमा सञ्चालन भइरहेको स्रोतको दाबी छ ।
अवैध क्रसर उद्योग विरुद्ध कारबाही नहुँदा स्थानीय अनुवगमन समिति एवं स्थानीय प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ । नदी तथा प्राकृतिक स्रोतको संरक्षण र राजस्व चुहावट नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग स्थानीयवासीले जोडदार रुपमा माग उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।