बारा जिल्लाको सीमा भएर भारत तर्फ तस्करी भईरहेको ४ किलो अफिम सहित दुई एसएसबीद्धारा पक्राउ, १५ गाईगोरु नियन्त्रणमा

0 Shares
बारा, ३ वैशाख । बारा जिल्लाको भारत संग जोडिएको क्षेत्रमा चोरी तस्करी बढेपछि भारतीय सीमामा सुक्ष्म दृष्टि बनाएका एसएसबीले दुई जना मानिसलाई लागुऔषध सहित पक्राउ गर्न सफल भएको छ ।
भारत–नेपाल सीमाक्षेत्रमा लागुऔषध र पशुचौपायाको तस्करी विरुद्ध सीमा सुरक्षा बल (एसएसबी) को ७१ औं बटालियनलाई सफलता प्राप्त भएको जनाइएको हो ।
पछिल्लो संयुक्त कारबाहीमा करिब ४ किलो अफिम सहित दुई जना पक्राउ परेका छन् भने आर्को अपरेशनमा १५ वटा गाईगोरु नियन्त्रणमा लिइएको छ ।
एसएसबी को ७१ औ बटालियनलाई प्राप्त सूचनाका आधारमा बिहार प्रहरीसँग मिलेर गरेको संयुक्त अपरेशनमा पर्सा निवासी ५७ वर्षीय चन्देश्वर महतो कोइरी र पश्चिम चम्पारणका ६६ वर्षीय झग्गु महतो लाई लागुऔषध अफिम सहित पक्राउ गर्न सफल भएको बताइएका छन् ।
एसएसबीका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीका अनुसार दुबै जनाको शरीर तलासीका क्रममा चारवटा प्याकेट फेला परे । प्रत्येक प्याकेटमा १ किलोको दरबाट ४ किलोग्राम अफिम बरामद गरिएको उनले बताए ।
उनीहरुको साथबाट तीन थान मोबाइल बरामद भएको जानकारी दिदै एसएसबीका कमाण्डेन्ट तिवारीले प्रारम्भिक अनुसन्धानमा उक्त लागूऔषध मोतीहारीको बाटो भएर दिल्ली सम्म पुर्याउने योजना रहेको बताए ।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिहार प्रहरीको पिपराकोठी चौकीमा थप अनुसन्धानका लागि बुझाइएको उनले जानकारी दिए ।
यसैबीच, अर्को अपरेशनमा एसएसबी टोलीले सीमाक्षेत्रको इनरवा (लरहटोला) नजिकबाट १५ वटा गाईगोरु नियन्त्रणमा लिएको जनाए । प्रवक्ता बिनित कुमार सिंहका अनुसार आज बिहान करिब २ बजेको समयमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेका ५ वटा गाई र १० वटा बाछो बरामद गरियो । ती पशुहरूलाई प्रक्रिया पूरा गरी आदापुर प्रहरी कार्यालयमा बुझाइने जनाइएको छ ।
सीमाक्षेत्रमा पछिल्लो समय लागुऔषध तस्करी र अवैध पशु ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता थप कडा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।