वृन्दावनमा डोजर आतंकः ६ सुकुम्बासी परिवार केही वेरमै घरवारविहीन, खुला आकाशमुनि रात काट्न बाध्य

0 Shares
ओमप्रकाश यादव
रौतहट, ५ वैशाख । रौतहटको बृन्दावन नगरपालिकाको बिश्राम्पुरमा एलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका ६ सुकुम्बासी परिवारको घर नगरपालिकाले डोजर लगाएर भत्काइदिँदा उनीहरू एकैछिनमा घरवार विहीन बनेका छन् ।
शुक्रवार बिहान विना पूर्व सुचना एवं पूर्व तयारी बिना पुगेको नगरपालिकाको डोजरले घरमाथि जथाभावी चलाउँदा पीडितहरू आफ्नो लत्ताकपडा, अन्नपात र भाँडाकुँडा समेत जोगाउन नसकेको गुनासो गरेका हुन् ।
घरभित्रका आवश्यक सामग्री समेत निकाल्न नदिई संरचना भत्काइएकोमा उनीहरूको अवस्था झन् दयनीय बनेकोमा उनीहरु स्थानीय सरकार प्रति चर्को आक्रोश पोखेका छन् ।
पीडितहरूका अनुसार आफूहरूले घर आफैं हटाउन दुई दिनको समय माग्दा समेत नगरपालिकाले बेवास्ता गर्दै बल प्रयोग गरेको गुनासो गरे । डोजर चलेपछि सैनुल नट, दिगम्बर ठाकुर, लालबाबु ठाकुर र अजय ठाकुर सहितका परिवार पूर्ण रूपमा विस्थापित भएका हुन् । हाल उनीहरू स–साना बालबालिका सहित खुला आकाशमुनि बस्न बाध्य रहको छ ।
पीडितहरू नगर प्रमुख विनोद प्रसाद कुर्मी र वडाध्यक्ष सिकेन्द्र पटेल माथि लक्षित रूपमा घर भत्काएको आरोप लगाए । सोही क्षेत्रमा रहेका आफ्ना नजिकका र एउटै समुदायका व्यक्तिहरूको घर भने जोगाइएको छ, जसले पक्षपात भएकोमा आक्रोश व्यक्त गरे ।
उक्त स्थानमा करिब ११ कठ्ठा एलानी जग्गामा नगरपालिकाको भवन निर्माण भइरहेको बताइएको छ । तर पीडितहरूले यदि जग्गा खाली गराउनुपर्छ भने सबैको घर समान रूपमा हटाइनुपर्ने, उचित मुआब्जा दिनुपर्ने र वैकल्पिक बसोबासको व्यवस्था गरिनुपर्ने माग उठाए ।
त्यसैगरी, तत्काल राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपाल तथा अस्थायी टहराको व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन् । आफूहरूको समस्या समाधान नभए नगरपालिका विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख कुर्मी सम्पर्कमा आउन सकेनन् ।
एकै झट्कामा घर उजाडिँदा यी परिवारको जीवन अनिश्चित र कष्टकर बनेको छ—जहाँ आज उनीहरूसँग न आश्रय छ, न भोलिको कुनै सुनिश्चितता नै ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।