“मधेश प्रदेश प्रहरीमा तस्करी सिटिंङको जालझेलः सेटिङ सार्वजनिक हुने त्रासबाट निर्दोषलाई फसाउने खेल ?”

0 Shares
रौतहट, ८ वैशाख । मधेश प्रदेश प्रहरी संगठन भित्रै गम्भीर आरोप–प्रत्यारोप र आन्तरिक खिचातानी चर्किदै गएका छन् ।
सीमा वारपारको गोरखधन्धा संचालन गर्ने व्यापारीसँगको अनुचित सम्बन्ध उजागर हुने अवस्था सृजना भएपछि त्यसबाट जोगिन कनिष्ठ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको आरोपबाट प्रहरी संगठन नै तातिएका हुन् ।
जनकपुर क्षेत्रका कुख्यात तस्कर राजिव महासेठ (चाची नामबाट प्रख्यात रहेकी महिला तस्करको छोरा) सँगको कथित सेटिङ सार्वजनिक हुने डर त्रास बढेपछि वरिष्ठ सई सागर शम्शेर राणाविरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतको दाबी छ ।
जानकी चौकी इन्चार्ज हुँदै जिल्ला प्रहरी कार्यालय धनुषामा क्राइम इन्चार्जका रुपमा कार्यरत रहेका बरिष्ठ सई राणालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप लागेको हो ।
स्रोतका अनुसार, डिआइजी गोविन्द थपलियाका विश्वासपात्रका रुपमा रहेका वरिष्ठ सईद्वय जयलाल यादव र गोपाल थापा मगरले विभिन्न जालझेल र प्रपञ्च रच्दै राणालाई विवादमा तान्ने प्रयास गरेको छ । करिब एक महिना अघि तस्कर महासेठको १५ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद गरिएपछि प्रहरीभित्रै असन्तुष्टि बढेको र त्यसकै प्रतिशोधस्वरूप यस्तो खेल सुरु भएको बताइएको छ ।
वरिष्ठ सई राणा र व्यापारी महासेठ बीच भएको कुराकानीको अडियो संवादको रेकर्ड सार्वजनिक भए । उक्त संवादमा बरिष्ठ सई राणा आफूलाई फराउन षड्यन्त्र भइरहेको, कुनै पनि व्यापारी संग आफनो साँठगाँठ नरहेको, यदि प्रमाणित भएमा जस्तो सुकै कारवाही भोग्न तयार रहेको जस्ता संवाद सार्वजनिक भएको छ ।
आफू जुनसुकै निकायमा गएर निर्भिक भएर आफनो विचार राख्ने तर नभएको घटनामा मेरो नाम जोडिएपछि मानसिक तनावमा परेको कुरा बाहिरिएपछि घटनाले थप मोड लिएको छ । उक्त अडियो बाहिरिएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामले राणाविरुद्ध विभागीय कारवाही सिफारिस गरेको छ, जसले संगठनभित्रको विवाद झनै चर्किएको छ ।
यता, डिआइजीका विश्वासपात्र मानिएका जयलाल यादवको पर्सा प्रहरी कार्यालय वीरगञ्जको विपद व्यवस्थापनमा दरबन्दी भएपनि पावरको भरमा सिरहा जिल्लामा काजमा रहेर सप्तरी सम्म असुली धन्धामा लागेको आरोप लागेको छ ।
अर्का वरिष्ठ सई गोपाल थापा मगर सहितका केही प्रहरी अधिकारीमाथि पनि गम्भीर आरोप लागेका छन् । उनीहरूले विभिन्न जिल्लाबाट रकम संकलन गर्दै आएको, काजमा बसेर प्रभाव विस्तार गरेको तथा अवैध असुलीमा संलग्न रहेको ति श्रोतले दाबी गरे ।
बरिष्ठ सई मगरलाई पुस २१ गते प्रहरी प्रधान कार्यालय काठमाडौंमा  तानिए पुस २५ गते आइजी पत्नीको प्रभावका कारण पुनः जनकपुर तर्फ फर्काइएको दाबी समेत ति श्रोतले गरेका छन् ।
प्रहरी संगठनमा जागिर गरेर विभेदका कारण जागिर छाडेका एक जना पूर्व प्रहरीले प्रहरी संगठन भित्रको आर्थिक भ्रष्टाचार, लेनदेनको तथ्य सार्वजनिक हुन थाल्दा न्यून दर्जाका कर्मचारीलाई कारवाही गरेर ठूलाबडाहरु जोगिदै आएको गम्भीर आरोप लगाए ।
यसैगरी सर्लाही क्षेत्रबाट समेत नियमित रूपमा रकम संकलन गरी उच्च अधिकारी सम्म पुर्याइने गरिएको आरोपले प्रहरी संगठनको छवि थप धूमिल बनाएको छ । सर्लाहीको पर्सा प्रहरी चौकीमा कार्यरत सई रोशन अधिकारीले प्रत्येक महिना डिआइजी सहितका भाग वापतको रकम लिएर जनकपुर सम्म पुर्याउने गरेका छन् ।
मधेश प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेकै समयमा डिआइजी थपलियाले मधेश प्रदेशमा पैसा लुट्न आउने गरेको हुँदा यहाँको प्रहरी संगठन बदनाम भएको अभिव्यक्ति दिएको समाचार समेत तत्कालिन समयमा बाहिरिएका थिए ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी थपलियाले आफूलाई अनावश्यक रूपमा बदनाम गर्न खोजिएको तथा कुनै संलग्नता नरहेको दाबी गर्दै, संगठनको अनुशासन कायम राख्न राणाविरुद्ध कारवाही सिफारिस गरिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
स्मरणीय छ की, डिआइजी थपलिया धनुषाका एसपी रहेकै समय देखि व्यापार एवं कुख्यात तस्कर महासेठ संगको साँठगाँठ रहेको श्रोतले बताए । डिआइजी थपलिया र महासेठ बीच कतिपटक कुराकानी भएको कल रेकर्डबाट सम्बद्ध निकायले छानविन गर्न जरुरी रहेको देखिन्छ, त्यती मात्रै नभई उनी मधेश प्रदेश कार्यालयमा आएदेखिको कार्यालयको सिसिटिभी फुटेज हेर्न ति श्रोतले सम्बध निकाय संग माग गर्दै तस्कर संग साँठगाँठ राख्ने जो सुकैलाई कारवाहीको डायरामा ल्याएमा मात्रै संगठन विपरित कार्य गर्नेहरु सवक सिक्ने अन्यथा यस्ता कारोवार जारी रहने छन् जुन नेपाल प्रहरीलाई सधै बदनाम मात्रै गराउनेछन् र जनविश्वास घट्दै जानेछन् ।

यस प्रकारको घटनाले उठाएको गम्भीर प्रश्न भने यथावत् छ—के वास्तवमै भ्रष्टाचारविरुद्ध कारवाही भइरहेको हो, वा सत्य दबाउन निर्दोषलाई बलिको बोका बनाइँदैछ ? प्रश्न उठ्नु स्वभाविकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।