“गरिब अपाङ्ग बुवाको पीडाः छोरीको विवाह रोकियो, न्यायका लागि गुहार”

0 Shares
रौतहट, ८ वैशाख । रौतहट गुजरा नगरपालिकाको कनकपुर गाउँमा अपाङ्ग तथा आर्थिक रूपमा कमजोर खुर्सेद देवान छोरीको विवाह अन्तिम तयारीमै रोकिएको घटनापछि न्यायको खोजीमा संचारकर्मी समक्ष गुहार लगाएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत उनले विवाह भाँडिदा आफू गम्भीर मानसिक पीडामा परेको बताएका हुन् ।
देवानले विवाहका सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा स्थानीय जोगौलिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सैफुल्लाह देवानले विभिन्न आरोप लगाउँदै विवाह भाँड्ने भूमिका खेलेको गम्भीर आरोप लगाए ।
“छोरीलाई विदाइ गर्न पाए जीवनको ठूलो बोझ हल्का हुन्थ्यो,” उनले भावुक हुँदै भने, “तर विवाह नै रोकिएपछि आफू माथि ठूलो अन्याय भएको दुखेसो पोखे ।”
कमजोर आर्थिक अवस्थाका कारण गाउँमै चन्दा संकलन गरेर विवाहको तयारी गरिएको उनले जानकारी दिए । तर, विवाह रोकिएसँगै उत्पन्न विवादका क्रममा आफ्नो परिवार माथि कुटपिट समेत भएको उनको आरोप छ ।
पीडित देवानले स्थानीय जनप्रतिनिधि तथा राजनीतिक व्यक्तिहरू समक्ष समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
“म अपाङ्ग छु, आर्थिक अवस्था पनि कमजोर छ । प्रभावशाली व्यक्तिको दबाबका कारण न्याय पाउन गाह्रो भइरहेको छ,” उनले भने, “सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी न्याय दिलाउनु पर्छ ।”
यस घटनाले ग्रामीण क्षेत्रमा कमजोर वर्गको न्यायमा पहुँच अझै चुनौतीपूर्ण रहेको देखिन्छ । विवाह जस्तो संवेदनशील विषयमा हस्तक्षेप भई विवाद हिंसामा परिणत हुनु स्थानीय प्रशासनका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।