मधेशमै उत्कृष्ट ट्राफिक प्रहरीको अवार्डबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगर सम्मानित

0 Shares
रौतहट, ९ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर मधेश प्रदेश प्रदेशमै चैत्र महिनाको ‘Best Traffic Police of the Month’ घोषित भएका छन् ।
प्रदेशका आठवटै जिल्लाको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा ल्याउँदै उनले यो उपाधि हात पारेका हुन् ।
नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले सोमबार आयोजित कार्यक्रममा उनलाई नगद १ हजार रुपैयाँ सहित कदरपत्र प्रदान गर्दै सम्मान गरेको जनाइएको छ ।
कार्यक्रममा कार्यालय प्रमुख एसपी ज्ञानेन्द्र बहादुर बस्नेतले मगरको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
प्रहरी निरीक्षक मगरले ट्राफिक व्यवस्थापनमा अनुशासन र कडाइबीच सन्तुलन कायम गर्दै नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि प्रभावकारी कारबाही गरे । साथै, स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै ट्राफिक सचेतना मूलक अभियानलाई निरन्तरता दिएका थिए ।
पूर्व–पश्चिम राजमार्ग र चन्द्रपुर–गौर सडक खण्डमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, दुर्घटना सम्भावित क्षेत्रको पहिचान तथा स्पिड ब्रेकर र रिफ्लेक्टर जडान जस्ता उपायहरूले सडक दुर्घटना न्यूनीकरणमा ठोस योगदान पुर्याएको छ ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसार प्रदान गरिएको उक्त सम्मानले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा दिने अपेक्षा गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।