गौरमा शिक्षकशिक्षिकालाई आँखा स्वास्थ्य तालिमः विद्यार्थीको आँखामा लाग्ने रोगको पहिचान र रोकथाममा जोड

0 Shares
रौतहट, ९ वैशाख । गौर नगरपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई “आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलुक तथा व्यवहारिक” तालिम प्रदान गरिएको छ ।
“स्वस्थ आँखा, उज्यालो भविष्य” भन्ने सन्देश सहित सम्पन्न कार्यक्रमले आँखा सेवामा सबैको साझेदारी आवश्यक रहेको कुरामा जोड दिइयो ।
सेवा फाउन्डेशनको सहयोगमा नेपाल नेत्र ज्याति संघ अन्तर्गत गौर आँखा अस्पताल को आँखा स्वास्थ्य कार्यक्रमद्वारा बुधवार जुद्ध माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
जुद्ध मावि, श्रीमाबी, बाल निकेतन स्कुल र गौर मोडेल स्कुलको संयुक्त रुपमा स्थानीय आयोजनामा उक्त कार्यक्रम भएका थिए ।
सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिकाको उल्लेखनीय सहभागितामा भएको तालिममा मोतिबिन्दु, जलविन्दु, टेढो आँखा, दृष्टिदोष, दृष्टि परीक्षण गर्ने विधि, आँखामा चोटपटक लाग्दा प्राथमिक उपचार, औषधि सुरक्षित राख्ने तरिका तथा उपचारमा ढिलाइ हुँदा पर्न सक्ने असरबारे विस्तृत जानकारी दिइयो ।
त्यसैगरी मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगले आँखामा पार्ने असर, गर्मी मौसममा देखिने आँखा समस्या, बालबालिकाको दृष्टि कमजोरी समयमै चिन्ने उपाय तथा विद्यालय स्तरमै जनचेतना फैलाउने विषयमा व्यवहारिक अभ्यास कसरी गर्ने सम्बन्धमा प्रशिक्षण दिइएको बताइएको छ ।
शिविरका संयोजक एवं गौर आँखा अस्पतालका प्रशिक्षक सत्येन्द्र पाण्डे र शिवकुमार यादव रहेका थिए ।
सहभागी शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको समयमै आँखा परीक्षण, अभिभावकमा सचेतना वृद्धि तथा भविष्यमा हुन सक्ने आँखा रोगको प्रारम्भिक पहिचानमा ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा ४३ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।