“छोरीको हत्या भएको एक बर्ष भन्दा बढि समय बितिसक्दा पनि पीडकहरु रौतहट प्रहरीको पहुँच भन्दा बाहिर–पीडिता आमा न्यायको लागि यत्रतत्र भौतारिदै”

0 Shares
पीडिता कान्ति देवी न्यायका लागि यत्रतत्र भौतारिकदै गएपनि न्याय पाउन नसकेको संचारकर्मी संग न्यायको लागि गुहार लगाउदै
रौतहट, १० वैशाख । रौतहटको परोहा नगरपालिका–५ भेडियाहीकी कान्ति देवी महतो विगत एक बर्ष भन्दा बढि समय देखि न्यायको खोजीमा यत्रतत्र भौतारी रहेकी छन् ।
छोरी उर्मिला कुमारीलाई २०८१ चैत ३१ गते हत्या गरेर घरमै झुण्ड्याइदिएको आरोप आफन्तहरु माथि लाग्दा पनि हाल सम्म रौतहट प्रहरीको पहुँच भन्दा पिडकहरु बाहिर रहदा उनी न्यायको लागि यत्रतत्र भौतारिदै आएकी हुन् ।
पिडिता कान्ति देवीले आज विहिवार पुनः गौरमा गरेको पत्रकार सम्मेलनको आयोजना गर्दै विगत ६ वर्षअघि जेठो छोरा सन्दीप महतोले मानसिक सन्तुलन गुमाएपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आएको थियो । चार वर्षअघि श्रीमान् विनोद महतोको क्यान्सरका कारण मृत्यु भएपछि उनी दुई छोरी, बुहारी, नातिनातिना र अस्वस्थ छोराको पालनपोषणमा संघर्षरत रहेकी बताइन ।
परिवारको आर्थिक अवस्थालाई टेवा दिन छोरी उर्मिलाले सिलाइकटाइ तालिम लिएर घरमै काम गर्दै आएकी थिइन् र वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा समेत थिइन् । तर, सामान्य विवादले भयावह रूप लिएको पीडित आमा कान्तिले दाबी गरिन ।
२०८१ चैत ३१ गते देवर कलेश्वर महतो सँग १० हजार रुपैयाँको विषयमा भएको विवादपछि आफूलाई निर्घात कुटपिट गरिएको र त्यसकै विरोध गर्दा जेठाजु शुकन महतो, रामजी महतो, देवर कलेश्वर महतो, देवरानी अंचला देवी र अरविन्द महतो मिलेर छोरी उर्मिलालाई कुटपिट गरी हत्या गरेर झुण्ड्याइएको उनको आरोप छ ।
घटना भएकै दिन साँझ करिब ५ बजे प्रहरी पुग्दा घर बाहिरबाट बन्द अवस्थामा रहेको र भित्र उर्मिला झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।
“विदेश जाने तयारीमा रहेकी मेरी छोरी आत्महत्या गर्नै सक्दिन,” भन्दै कान्तिले हत्या भएको दाबी दोहोर्याएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा पटक पटक जाहेरी लिएर गएपनि दर्ता गरेनन । जिल्ला हुलाकबाट दुई पटक पठाए तैपनि दर्ता नहुँदा बाध्य भएर उच्च अदालत जनकपुरको अस्थायी इजलाश विरगञ्जमा न्यायको लागि गुहार लगाए ।
उच्च अदालत जनकपुरको अस्थायी वीरगञ्जका न्यायाधीश हरिप्रसाद पौडेल र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय गौर रौतहटको नाममा २०८२ असोज २७ गते मुद्दा दर्ता गरेर पीडकहरुलाई कानुनी डायरामा ल्याउन परमादेश जारी गरेका थिए ।
परमादेश जारी भएको लगभग ६ महिना वितिसक्दा पनि प्रहरीले कुनै वास्ता नगर्दा आफू झन् पिडित भएको कान्ति देवी संचारकर्मी समक्ष रुदै भनिन । पीडकहरु गाउँघरमा खुलेआम रुपमा घुमिरहदा पनि प्रहरीले समात्न हिम्मत समेत गर्न नसक्दा आफू झन् जोखिममा पर्दै गएकी बताइन ।
गएराति १ बजेको समयमा खुकुरी लिएर आफूलाई मार्न समेत आएको र सोको जानकारी प्रहरीलाई गराउदा समेत वास्ता नगर्दा आफूलाई न्याय दिलाईदिन संचारकर्मी समक्ष गुहार लगाइन ।
“पैसा भएकाले मात्र न्याय पाउँछन्, हामी जस्ता गरिबलाई कसैले सुन्दैन,” भन्दै उनले गुनासो पोखिन् ।
हाल आफू ज्यानको सुरक्षाका लागि राति अरूको घरमा बस्न बाध्य रहेको बताउँदै उनले आरोपितबाट निरन्तर धम्की आएको खुलासा गरेकी छन् । “जग्गा हाम्रो नाममा गर, नत्र छोरीजस्तै हालत बनाउँछौँ भनेर धम्की दिन्छन्,” उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले मुद्दा दर्ता भइसकेको छ, प्रहरी अनुसन्धान गरिरहेको बताए । घटना भएको झण्डै एक बर्ष भन्दा बढि समय वितिसक्दा पनि प्रहरीले पीडकलाई किन समात्न सकेको छैनन होला ? भन्ने प्रश्नको जवाफमा डिएसपी वस्यालले हामी निरन्तर अनुसन्धान जारी राखेका छौं चाँडै टुंगोमा पुर्याउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।