जनताको ढाड सेक्ने गरी ग्यास मूल्यमा बढोत्तरी, पेट्रोल–डिजेलमा सामान्य कटौतीः आयल निगमको दोहोरो निर्णय

0 Shares
रौतहट, १८ वैशाख । नेपाल आयल निगमले इन्धन मूल्यमा पुनः मिश्रित हेरफेर गर्दै पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने एलपी ग्यासमा उल्लेख्य रुपमा वृद्धि गरेका छन् । शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाले सामान्य कटौती गरेपनि खाना पकाउने ग्यासमा वृद्धि गरी जनताको ढाड सेक्ने गरी दोहोरो निर्णय गरेका हुन् ।
नयाँ समायोजनपछि पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा कायम भएको छ । तर, आम उपभोक्तालाई सीधै असर पर्ने खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएको छ, मुल्य वृद्धिसँगै एक सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
यसैगरी, हवाई इन्धनमा पनि वृद्धि गरिएको छ । आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निगमले जनाए ।
पेट्रोल–डिजेलको मुल्य बढाउदा खेरी १५ देखि २० रुपैया सम्म वृद्धि गर्ने तर घटाउदा सामान्य दुई देखि १० रुपैया सम्म घटनाउने कार्यबाट निगम प्रति जन आक्रोश बढेको छ ।
ग्यासमा ठूलो भार थपिएको भन्दै उपभोक्ताहरू असन्तुष्ट बनेको हो । दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने ग्यासको मूल्यवृद्धिले सर्वसाधारणको भान्सामै आर्थिक दबाब थपिएको छ, जबकि निगमको यो ‘सन्तुलन’ नीतिको फेरी आलोचना सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।