शिक्षक शिक्षिकालाई आँखा स्वास्थ्य सम्बन्धी सचेतनाः परोहाको लौकाहामा ३५ शिक्षकलाई विशेष तालिम

0 Shares
रौतहट, १९ वैशाख । रौतहटको परोहा नगरपालिकामा निजी, सामुदायिक तथा मदरसा विद्यालयका शिक्षक–शिक्षिकालाई लक्षित गर्दै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक एक दिने तालिम दिएको छ ।
विद्यालय तहबाटै आँखाको समस्या पहिचान र रोकथाम गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिमले शिक्षा क्षेत्रमै स्वास्थ्य सचेतना विस्तार गर्ने आयोजकको लक्ष्य रहेको हो ।
परोहा नगरपालिका–लौकाहा स्थित ब्रम्हज्योतिमा सञ्चालन गरिएको उक्त तालिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल, पुरेनवाको प्राविधिक सहकार्यमा सम्पन्न भयो ।
तालिममा निजी, सामुदायिक तथा मदरसा गरी ३५ जना शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो । सहभागीलाई वरिष्ठ नेत्र अधिकृत विनिता केसरी, आफताव आलम र सत्येन्द्र पाण्डेले आँखामा देखिने विभिन्न समस्या, तिनको प्रारम्भिक पहिचान, समयमै उपचार र रोकथामका उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकहरूले विद्यालयमै विद्यार्थीको आँखाको समस्या चाँडै चिन्ने, आवश्यक परे विशेषज्ञ सम्म पुर्याउने र दैनिक जीवनमा अपनाउनु पर्ने आँखा सुरक्षाका उपायबारे जोड दिए ।
स्थानीय स्तरमै यस्तो तालिमले शिक्षकलाई “पहिलो स्वास्थ्य सचेतक” बनाउने विश्वास लिइएको छ । सहभागी शिक्षकहरू पनि सिकेका ज्ञानलाई विद्यालय र समुदायमा फैलाउने प्रतिबद्धता जनाए ।
तालिम संचालन भईरहदा परोहा नगरपालिकाको स्वास्थ्य संयोजक जलंधर प्रसाद यादवले निरीक्षण गरेको गौर आँखा अस्पताल पुरेनवाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।