काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ को काउन्टडाउन सुरु—सुस्त व्यापारलाई जगाउने महाअवसर

0 Shares
रौतहट, २० वैशाख । काठमाडौंमा दक्षिण एसियाली व्यापार जगतलाई एकै थलोमा जोड्ने बहुप्रतीक्षित “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ ।
आउदो बिहीबार मे ७ देखि ११ (वैशाख २४–२८) सम्म प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुने अन्तर्राष्ट्रिय मेलाले लामो समय देखि सुस्त रहेको व्यापारिक गतिविधिलाई पुनः गति दिने अपेक्षा गरिएको हो ।
सार्क क्षेत्रका विभिन्न देशबाट सहभागीहरू काठमाडौं आइपुग्ने क्रम सुरु भइसकेको छ । भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका प्रदर्शकहरू सहभागी हुने यस मेलालाई क्षेत्रीय व्यापार सहकार्यको महत्वपूर्ण प्लेटफर्मका रूपमा हेरिएको छ ।
इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना हुने मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्य रहेको छ भने भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयको समेत समर्थन प्राप्त रहेको छ ।
नेपाल चेम्बर अफ कमर्स देखि विभिन्न उद्योग तथा व्यापारिक संस्थाहरूको व्यापक साथले कार्यक्रमलाई अझ बलियो बनाएको बताइएको छ । आयोजकका अनुसार करिब १५० भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् भने झण्डै एक लाख स्थानीय अवलोकन कर्ता र ५ हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
मेला संयोजक सुमन महर्जनका अनुसार यो कार्यक्रम उत्पादन प्रवद्र्धन, बजार विस्तार र क्रेता–बिक्रेताबीच सहकार्य बढाउने सुनौलो अवसर हुनेछ । मेलामा कपडा, सौन्दर्य सामग्री, हस्तकला, कृषि उत्पादन, सूचना प्रविधि, सवारी साधन, फर्निचर देखि घरेलु उपकरण सम्मका विविध क्षेत्रका उत्पादनहरू प्रदर्शनीमा राखिने छन् । साथै, व्यापारिक भेटघाट, फुड फेस्टिवल, रक्तदान तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले मेलालाई अझ आकर्षक बनाउने बताइएका छन् । आर्थिक सुस्तता र लगानीगत अनिश्चितता बीच आयोजना हुन लागेको यो मेला निजी क्षेत्रका लागि नयाँ ऊर्जा र सम्भावना सिर्जना गर्ने प्रमुख माध्यम बन्ने विश्वास गरिएको छ । आयोजकले ब्रान्ड प्रवद्र्धन र व्यापार विस्तार गर्न इच्छुक सम्पूर्ण व्यवसायीहरूलाई सहभागिताका लागि खुला आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।