बाराको सीमा क्षेत्र भएर मदिराको तस्करी तिव्र, संयुक्त अपरेसनमा मदिरा सहित चार जना पक्राउ

0 Shares
बारा, २१ वैशाख । बारा जिल्लाको नेपाल–भारत सीमाक्षेत्र भएर हुने तस्करी नियन्त्रणको लागि तैनाथ संयुक्त सुरक्षाकर्मीले मदिरा सहित चार जना भरियालाई पक्राउ गरेका छन् ।
सीमावर्ती क्षेत्रमा आइतबार सञ्चालन गरिएको एसएसबी र भारतीय प्रहरीको संयुक्त अपरेसनमा दुई फरक फरक स्थानमा गरिएको कारबाहीमा मदिरा सहिच चार जनालाई पक्राउ गरिएका हुन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१औ बटालियन, मोतिहारीले बिहार प्रहरीसँग समन्वय गर्दै गोप्य सूचनाका आधारमा दुई स्थानमा विशेष अभियान सञ्चालन गरेका थिए ।
एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले दिएको जानकारी अनुसार पहिलो कारबाही हिजो दिउसो करिब १२ः४५ बजे ‘डी’ कम्पनी (बीओपी मुर्तिया टोला) र आदापुर प्रहरीको संयुक्त टोलीले इस्लामपुर नजिक गरेको थियो ।
सो क्रममा सीमा स्तम्भ नम्बर ३८२–२१ बाट करिब ५०० मिटर भारततर्फको क्षेत्रमा ४१ बोतल ‘कस्तुरी’ मदिरा र ५ लिटर कच्चा मदिरा बरामद गरियो । सो कार्यमा भारतीय नागरिक २४ वर्षीय साफीक आलम, ३० वर्षीय सरोज माझी र ६० वर्षीय पाचु माझीलाई पक्राउ गरिएको जनाए ।
यसैगरी दोस्रो कारबाही अपरान्ह् ४ः१० बजे ‘ए’ कम्पनी, अठमुहान र झरौखर प्रहरी चौकीको संयुक्त टोलीले ‘ब्ल्याक ओक’, ‘एम्बिसन’ र ‘कस्तुरी’ ब्रान्डका विभिन्न परिमाणका मदिरा बरामद गरिएको एसएसबीका प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिए ।
उक्त कारवाहीमा बाराको स्वर्ण गाउँपालिका–जमुनिया टोलका ३३ वर्षीय सन्जय (सनोज) प्रसाद यादवलाई बीआर२२एस ७२२९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको बताइएको छ । बरामद सामग्री अठमुहान गाउँ नजिक, सीमा स्तम्भ नम्बर ३५८–०५ बाट करिब ४०० मिटर भारततर्फ फेला परेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा दुवै घटनामा नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको पुष्टि गरेको छ । पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई थप अनुसन्धानका लागि आदापुर तथा झरौखर प्रहरी कार्यालयमा बुझाइएको छ ।
सीमाक्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि यस्ता अपरेसनलाई निरन्तरता दिदै संयुक्त सुरक्षाकर्मीले सुक्ष्म निगरानी बढाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।