रौतहट, २१ वैशाख । कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त प्रहरीसँगको कथित ‘सेटिङ’ मा हाजिर भएको आरोपबीच आज जिल्ला अदालत रौतहट बाहिर पीडित पक्षले चर्को प्रदर्शन गरेका छन् ।
रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेका बेला पीडित परिवार र स्थानीयले न्याय सुनिश्चित गर्न दबाब स्वरूप अदालत परिसर बाहिर धर्ना प्रदर्शन गरिरहेका हुन् ।
छलफल भईरहदा सामान्य विषयलाई लिएर ६ जना मिलेर निर्घात कुटपिट गरेको तथा पीडितको तेश्रो दिनमा उपचारकै क्रममा मृत्यु भएपछि आरोपितहरु फरार भएका थिए । सोही पीडक मध्ये एक जना प्रहरीको सेटिंगमा इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भएपछि आज सोमवार जिल्ला अदालतमा थुनछेक बहस चलिरहदा निजलाई कानुनी कठघेराबाट उम्किन नदिनका लागि प्रदर्शन गर्नुपरेको पीडित पक्षले बताए ।
२०८१ साल चैत २१ गते परोहा नगरपालिका–२ मा छलफल भईरहदा सामान्य कुरालाई लिएर ६५ बर्षीय शेख मतिनलाई स्थानीय शेख फजले हक, शेख नथुनी, शेख जावेद, मासुम, शेख सकिल र शेख रोज महम्मद मिलेर निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।
घाइते मतिनलाई गरुडा, चन्द्रनिगाहपुर, वीरगञ्जमा उपचार गरिएपनि निको नहुँदा थप उपचारको लागि काठमाडौं तर्फ जाँदै गर्दा २०८१ साल चैत २३ गते मृत्यु भएको थियो । मतिनको मृत्यु भएपछि उक्त घटनामा संलग्न ६ जना विरुद्ध कत्र्तव्य ज्यान कसुरमा जाहेरी दर्ता गराइएको मृतकको छोरा सदरे आलमले बताए ।
कत्र्तव्य गरेर फरार भएका अपराधीहरु मध्ये परोहा नपा–१ का शेख रोज महम्मद इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख संग सेटिंग गरेर हाजिर भएको गम्भीर आरोप लगाउदै मृतकको छोरा आलमले सरकारी वकिल कार्यालय भएर आज थुनछेकको लागि आज अदालतमा पेश गरेको हुँदा दवाव स्वरुप हामी प्रदर्शन गर्न बाध्य भएको उनले बताए ।
कत्र्तव्य गरेर मारेको अर्को तिर प्रहरी संगको सेटिंगमा हाजिर भएको, सेटिंगमै मिसिललाई कमजोर बनाउने चलखेल समेत भएको आशंका गर्दै गाउँलेहरु संग रौतहट अदालत अगाडी न्याय पाउने आशामा धर्ना प्रदर्शन गरिरहेको पिडित आलमले भने ।
घटना भएको बर्ष दिन भन्दा बढि समय वितिसक्दा पनि अभियुक्त प्रहरीको पहुँच भन्दा टाढा रहेकोमा दुख व्यक्त गर्दै आलमले सेटिंगमा हाजिर भएर अदालतबाट छुट्ने दाउमा रहेको जानकारी पाएपछि आज हामी अदालत बाहिर सहि फैसलाको लागि हामी खवरदारी गर्न उभिएका छौं ।
“हामीलाई न्याय मिल्नेमा अझै आशा छ,” आलमले भने, “सरकार बदलिएको अवस्थामा पीडितले न्याय पाउने विश्वासका साथ हामी खबरदारी गर्न आएका हौं ।”