कर्तव्य ज्यान देखि बैंकिङ कसूर सम्म ४ जना फरार प्रतिवादी रौतहट प्रहरीद्वारा पक्राउ

0 Shares
रौतहट, २१ वैशाख । फरार अभियुक्तहरू विरुद्ध रौतहट प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत विभिन्न गम्भीर प्रकृतिको मुद्दामा संलग्न ४ जना प्रतिवादीलाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार खटाएको विशेष टोलीले फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, कर्तव्य ज्यान, सवारी ज्यान तथा बैंकिङ कसुर जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।
कर्तव्य ज्यान मुद्दामा विशाल महतोलाई कुटपिट गरी हत्या गरेको  आरोपमा ३१ वर्षीय रामविनय चौधरी पक्राउ परेका छन् भने सवारी ज्यान मुद्दामा मोटरसाइकल दुर्घटनाबाट मृत्यु गराएको आरोपमा ३६ वर्षीय राम पुकार राय यादव नियन्त्रणमा लिइएको जनाइएको छ ।
यसैगरी, बैंकिङ कसूर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका ४४ वर्षीय जितेन्द्र कुमार जयसवाललाई पनि प्रहरीले पक्राउ गरेको जनाए । उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप वस्यालले बताए ।
यससँगै फैसला कार्यान्वयन अन्तर्गत लागुऔषध गाँजा मुद्दामा ६ महिना कैद सजाय तोकिएका ५६ वर्षीय सिक्रेन्द्र राय यादवलाई पक्राउ गरी कारागार चलान गरिएको बताए ।
गम्भीर अपराधमा संलग्न व्यक्तिहरू लामो समयसम्म कानुनी दायराबाट बाहिर रहन नपाउने सन्देश दिँदै रौतहट प्रहरीले यस्तो अपरेसनलाई निरन्तरता दिएको डिएसपी वस्यालले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।