तस्वीर श्रोतः अंकुश दैनिक
वीरगञ्ज, २२ वैशाख । सीमावर्ती क्षेत्रमा बसेर अबैध कारोवार गरेर जोहो गरेका सम्पत्ती माथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मार्फत निगरानी प्रणाली कडा बनाइएपछि तस्करी गर्ने समूहरु तनावमा परेका छन् । बालेन्द्र साह नेतृत्वको वर्तमान सरकारको कदमपछि विशेष गरी वीरगन्ज क्षेत्रमा अवैध कारोबारमा संलग्न समूहहरू तनावमा परेको बताइएका हुन् ।
व्यापारिक श्रोतका अनुसार निगरानीको दायरामा परेका व्यक्तिहरू मध्ये भारतको बिहार राज्य स्थित हरसिधी मूलका मुकेश अग्रवाल पनि रहेको छ, जुन हाल वीरगन्जमै बसोबास गर्दै आएको हो ।
उनीमाथि वैधानिक व्यापारिक संरचना प्रयोग गरी तेस्रो मुलुकबाट सामान आयात गर्ने र भारततर्फ पुनः निकासी गर्ने गतिविधिमा संलग्न रहेको आशंका छ ।
कारोवारी अग्रवालले आफ्नी श्रीमतीको नाममा ‘बालाजी इन्टरप्राइजेज’ दर्ता गरी पोस्तादाना, सुपारी, मरिच, लसुन, ओखर, मकै, चना लगायतका खाद्यान्न वस्तुको कारोबार गर्दै आएको श्रोत बताउँछन् । यी सामग्री विभिन्न नाकाबाट भारततर्फ अवैध रूपमा पठाइने गरेको दाबी ति स्रोतले गरेपनि उक्त आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
हाल उनले चेन्नई, मध्यप्रदेश, जयपुर, दिल्ली र गुजरात लगायत स्थानहरूमा आपूर्ति सञ्जाल विस्तार गरेको बताइन्छ ।
यसैगरी ‘नुभा हाईटेक फिड इन्डष्ट्रिज प्रा.लि.’ मार्फत अन्य व्यापारिक गतिविधि सञ्चालन भइरहेको र पारिवारिक संलग्नता रहेको स्रोतको दाबी छ । उनका छोराहरू सन्नी र नीतिन क्रमशः दिल्ली र काठमाडौंमा बसेर व्यवसाय व्यवस्थापनमा सक्रिय रहेको उल्लेख छ ।
अग्रवालले भारतको पूर्णियास्थित लालबाग र दिल्लीको रोहिणी क्षेत्रमा सम्पत्ति खरिद गरेको दाबी छ । तर यी सबै दाबीहरूको स्वतन्त्र पुष्टि हुन अझै बाँकी रहेको छ ।
यसअघि राजस्व अनुसन्धान विभाग ले केही कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको भए पनि हालसम्म ठोस कानुनी निष्कर्ष सार्वजनिक भएको छैन ।
यस्तो अवस्थामा सम्बन्धित निकायहरूले प्रमाणका आधारमा निष्पक्ष र प्रभावकारी छानबिन अघि बढाउनुपर्ने आवश्यकता झन् बढेको देखिन्छ । तर पहिला भएका छानविनको कार्य सेटिङको कारण कारवाही हुन सकेनन तर अहिलेको सरकारले सम्पत्ती सुद्धिकरण ऐन अनुसार गरेमा पक्कै कानुनी कठघेरामा अग्रवाल आउने श्रोतले विश्वास व्यक्त गरेको छ ।