सीमा विवादले छिमेकी संग कूटनीतिक शंकट खडाः भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण अन्योलमा

0 Shares
रौतहट, २२ वैशाख । एकपटक पुन छिमेकी मुलुक संग सीमाको विषयलाई लिएर कुटनीतिक शंकट खडा भएका छन् ।
नेपाल–भारतबीच पुनः चर्किएको सीमा विवादले कूटनीतिक सम्बन्धमा तनाव बढाएका हुन् ।
सीमा सम्बन्धी विषयलाई लिएर बढेको तिक्ताका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण अन्योलमा परेका छन् ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा भारत र चीनबीच सहमति भएपछि विवाद सुरु भएको छ । भारतले अप्रिल ३० मा चीनसँगको सहकार्यमा जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन गर्ने घोषणा गरेको थियो ।
उक्त सम्झौताप्रति नेपाल सरकारले कूटनीतिक नोट मार्फत आपत्ति जनाउँदै सुगौली सन्धि अनुसार उक्त क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारे । परराष्ट्र मन्त्रालयले नेपाल आफ्नो भौगोलिक अखण्डतामा अडिग रहेको जनाए ।
भारतीय विदेश मन्त्रालयले नेपालको दाबी अस्वीकार गर्दै लिपुलेक नाका सन् १९५४ देखि नै मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको तर्क दिए । साथै, भारतले द्विपक्षीय संवाद मार्फत समस्या समाधान गर्न तयार रहेको जनाए ।
यसैबीच, वैशाख २८ देखि हुने भनिएको भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण अब अनिश्चित बनेको स्रोतले जनाए । उनी प्रधानमन्त्री बालेन्द्र साहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा थिए ।
तर सीमा विवाद चर्किएसँगै भ्रमणको वातावरण अनुकूल नरहेको आकलन गरिएको श्रोतले बतायो । यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनाल  भारत भ्रमणमा जाने तयारीमा रहेको बुझिएको छ । उनी ब्रिक्स देशहरूको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत जान सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।