सप्तरी, २७ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा शनिबार राति भीषण आगलागि हुँदा करिव ४५ लाख मूल्य भन्दा बढिको क्षति भएका छन् ।
वभनगामा टोलमा गएराति अचानक आगलागि हुँदा १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका हुन् । आगलागिबाट करिव ४५ लाख भन्दा बढिको धनमाल जलेर खरानी भएपछि स्थानीय बासिन्दाहरु विचल्लिमा परेका हुन् ।
स्थानीय रामअवतार यादवको गोठमा लामखुट्टे धपाउन बालिएको घुरोबाट सल्किएको आगोबाट केही क्षणमै बस्तीभरी आगो फैलिएका थिए । यादवको दुई घर र एउटा गाईगोठ, जुगाइ यादवका दुई घर र एउटा गोठ, अनिल यादवका दुई घर र एउटा गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका एक–एक घर जलेर नष्ट भएका सप्तरी प्रहरीले जनाएको छ ।
आगलागीबाट ९ वटा घर र ३ वटा गाईगोठसहित कुल १२ संरचना पूर्ण रूपमा जलेर खरानी ध्वस्त भएका छन् । आगलागिबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचर, गरगहना तथा नगद समेत नष्ट हुँदा पीडित परिवारहरु खुला आकाशमुनि बस्न बाध्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्र, मधेश प्रदेश प्रहरी तालिम केन्द्र र स्थानीयवासीको सक्रियताको कारण आगोलाई नियन्त्रणमा लिएको जनाइएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन