रौतहट, २७ वैशाख । नेपाल–भारत सीमामा बढ्दो अबैध घुसपैठलाई नियन्त्रण गर्न सुरक्षा चेकजाँच बढाइएको छ ।
सीमानाकामा बढेको सुरक्षा चुनौतीका बीच प्रमुख नाकाहरुमा जोगवनी वीरगञ्ज सहितका स्थानमा सुरक्षा निगरानी निकै कडा पारिएको हो ।
पर्सा र मोरङका जिल्ला सुरक्षा समितिले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ, फरार अभियुक्तको आवतजावत तथा आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रवेश गर्ने व्यक्तिका लागि परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेका छन् ।
मिडिया रिपोर्टमा उल्लेख भए अनुसार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले यो निर्णय दुई देशबीचको औपचारिक सहमति भन्दा पनि नेपालको आन्तरिक सुरक्षा रणनीति अन्तर्गत लागू गरिएको छ । उनले सीमाबाट हुने अवैध आवतजावत रोक्न विशेष सतर्कता अपनाइएको बताए ।
सुरक्षा स्रोतका अनुसार भारतको पश्चिम बंगाल क्षेत्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम पछि सीमामा सुरक्षा संवेदनशीलता बढेको छ । विशेषगरी कलकत्ताबाट जोगवनीसम्म आउने रेलमार्फत ठूलो संख्यामा रोहंगीया समुदायका व्यक्तिहरू नेपाल प्रवेश गर्न सक्ने आशंका गर्दै नेपाली प्रशासनले रेल आगमनका समयमा विशेष निगरानी बढाएको जनाए ।
सीमामा परिचयपत्र जाँचलाई कडाइ गर्नुका साथै तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँचलाई थप प्रभावकारी बनाएको बुझिएको छ । सुरक्षा निकायका अनुसार फरार अभियुक्त तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको आवतजावत रोक्न सीमा क्षेत्रमा विशेष सुरक्षा घेरा बनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन