मकवानपुर, २९ वैशाख । सिस्नेरी–दक्षिणकाली सडक खण्डमा सोमवार राति ईभी गाडी ठोक्किएर दुर्घटना हुँदा ९ जना भारतीय नागरिक सहित ११ जना घाईते भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगर स्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा गएराति ईभी गाडी दुर्घटनामा भएको मकवानपुर प्रहरीले जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी राति करिब ११ः१० बजेको समयमा ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किदा दुर्घटना भएको छ ।
दुर्घटनाको खबर पाउना साथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादव र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामवली साहको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो ।
ईभी गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये ९ जना भारतीय र २ जना नेपाली नागरिक रहेको बताइएको छ । घाइते सबैलाई प्रारम्भिक उपचारपछि काठमाडौ पठाइएको प्रहरीले जनाए ।
दुर्घटनामा भारत विहारको दरभंगा निवासी ६० वर्षीय राम बिनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी गम्भीर घाइते भएको प्रहरीले बताए । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ ।
५६ वर्षीया प्रझा देवीको बायाँ हात, ५२ वर्षीया रुद्रकुमारी झाको दाहिने खुट्टा तथा ७४ वर्षीय छत्रधर चौधरीको दुवै हातमा चोट लागेपनि उनीहरुको अवस्था मध्यम रहेको बताइएको छ ।
त्यसैगरी ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा सामान्य घाइते भए । घाइतेहरुलाई तत्कालै उद्धार तथा प्राथमिक उपचार पछि सबै घाइतेलाई बी एण्ड बी अस्पताल पठाइएपनि अल्का अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाए ।
ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी ३० वर्षीय पिन्टु सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा सवार अर्का नेपाली नागरिक २२ वर्षीय असान साफि भने सामान्य अवस्थामा घर फर्किएको प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन