कोलकत्ता (भारत), ३१ वैशाख । नेपाल–भारत बीच व्यापार सहकार्यलाई विस्तार गर्ने उद्देश्यबाट दुबै देशका पदाधिकारीहरुको उपस्थितिमा उच्च स्तरीय छलफल सुरु भएको छ ।
भारत पश्चिम बंगालको कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले नेपाल–भारत बीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरण’ गर्ने विषयमा विशेष छलफल भएको हो ।
गएको मंगलबार आयोजित कार्यक्रममा नेपाल–भारत बीचको व्यापारिक सम्बन्ध, पारवहन प्रणाली, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार तथा लगानीका सम्भावना बारे विस्तृत छलफल भएको नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।
कार्यक्रममा नेपालको व्यापार तथा पारवहन संरचना, लगानी आकर्षणका क्षेत्र र द्विपक्षीय आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उपाय बारे गम्भीर छलफल भएको थियो ।
छलफलमा श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका अध्यक्ष राजेन्द्र रमन सहित वरिष्ठ अधिकारी, कोलकाता भन्सार कार्यालयका प्रतिनिधि, जल यातायात तथा ढुवानी सेवा प्रदायक, कोलकाता कस्टम्स हाउस एजेन्ट्स एसोसिएसन, नेपाल कस्टम्स हाउस एजेन्ट्स एसोसिएसनका प्रतिनिधि, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक–निजी क्षेत्रका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको बताइएको छ ।
कार्यक्रममा बन्दरगाहका ट्राफिक प्रबन्धक रविशङ्कर राजहंसले कोलकाता बन्दरगाहमा उपलब्ध सेवा–सुविधा, पूर्वाधार विस्तार तथा नेपाल तर्फ जाने मालसामानको ढुवानी सहज बनाउन अपनाइएका उपायबारे जानकारी गराए ।
सहभागीहरूले व्यापार सहजीकरण, भन्सार समन्वय, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उठाइएका जिज्ञासा र समस्याबारे नेपाली महावाणिज्यदूत भक्तप्रसाद आचार्यले जवाफ दिँदै नेपाल–भारत बीच व्यापार सहजीकरण, सम्पर्क विस्तार तथा आर्थिक साझेदारीलाई अझ मजबुत बनाउन महावाणिज्यदूतावास निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । श्रोतः एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन