“गरिबलाई उठीवास नगराउनु”, आदिवासी जनजाति महासंघ परिषदद्वारा सम्बध निकायलाई ध्यानाकर्षण गराउदै ज्ञापन

0 Shares

चन्द्रपुर (रौतहट), ३१ वैशाख । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रौतहट तथा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् चन्द्रपुरले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उठीवास नगराउन माग गर्दै चन्द्रपुर नगरपालिका र डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
महासंघका जिल्ला अध्यक्ष नरेन्द्रबहादुर राना र नगर अध्यक्ष राजु धामीले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै चन्द्रपुर नगरपालिकाले वैशाख २४ गते जारी गरेको सूचना प्रति गम्भीर असहमति जनाएका हुन् । उक्त सूचनामा ३५ दिन भित्र एलानी तथा पर्ती जग्गा खाली गर्न निर्देशन दिइएको थियो ।
महासंघले सरकार र सम्बन्धित निकायले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरी उचित व्यवस्थापन गर्नुपर्ने तर त्यसो नगरी सीधै घरबारविहीन बनाउने प्रयास गरिएको भन्दै आपत्ति जनाए ।
ज्ञापनपत्र मार्फत गरिब तथा विपन्न समुदायको आवासको अधिकार सुनिश्चित गर्न, वैकल्पिक व्यवस्था विना हटाउने कार्य तत्काल रोक्न तथा मानवीय संवेदनालाई मध्यनजर गर्दै समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
महासंघका नेताहरूले दीर्घकालीन समाधानका लागि सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको ज्ञापन पत्र मार्फत धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।