रौतहट, ३ जेठ । रौतहटको बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवमाथि एक शिक्षकलाई नगरपालिका बोलाएर करिब ७ घण्टासम्म बन्धक बनाई कुटपिट तथा मानसिक यातना दिएको आरोप लगाउँदै गृहमन्त्री समक्ष कडा कारबाही गर्न न्यायको लागि गुहार लगाएको छ ।
स्थानीय बलराम कुमार दासले गृहमन्त्रीलाई सम्बोधन गर्दै दिएको निवेदन मार्फत शंकर माध्यमिक विद्यालय सरमुजवाका शिक्षक रामबाबु यादवलाई “अमानवीय, कानुन विपरीत र लोकतान्त्रिक मूल्य–मान्यता माथिको गम्भीर प्रहार” भएको संज्ञा दिदै दोषी नगरप्रमुख यादव माथि कानुनी कारबाही गर्न माग गरिएको हो ।
निवेदनमा बौधीमाई नगरपालिका अन्तर्गत कार्यरत शिक्षक यादवलाई नगरपालिकामा बोलाएर नगरप्रमुख यादवले आफै कुटपिट गरेको तथा मानसिक यातना दिएको आरोप पीडित शिक्षकले लगाउदै संचारकर्मीको माध्यमबाट सार्वजनिक भएका उक्त घटनाबाट जनआक्रोश बढेको । साथै जनप्रतिनिधिले पद र शक्तिको दुरुपयोग गर्दै शिक्षक जस्तो सम्मानित व्यक्तिमाथि दुव्र्यवहार गर्नु संविधान, मानव अधिकार र सुशासनको सिद्धान्त विपरीत भएको दाबी गरिएको छ ।
पीडित शिक्षकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय अनुसन्धान समिति गठन गर्न, दोषी देखिए नगरप्रमुख सहित संलग्न व्यक्तिहरु माथि कडा कारबाही गर्न तथा पीडित शिक्षकलाई न्याय, सुरक्षा र उपचारको व्यवस्था गर्न माग गरेको छ ।
गृह मन्त्रीलाई सम्बोधन गरिएको निवेदनमा भविष्यमा शिक्षक, कर्मचारी वा नागरिक माथि यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कानुनी निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ । साथै “शिक्षक राष्ट्रका भविष्य निर्माता हुन्, उनीहरूलाई अपमान र हिंसाको वातावरणमा राख्नु समाजलाई अन्धकार तर्फ धकेल्ने कार्य हो” भन्दै राज्यलाई गम्भीर बन्न आग्रह गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन