रौतहट, ३ जेठ । बालबालिकाहरु अध्ययन अध्यपन गर्ने विद्याको मन्दीरमा फोहरको डुंगुर लाग्नु र त्यसमा मादक पदार्थका बोतलहरु फेला पर्नुबाट विद्यालय प्रशासन माथि गम्भीर प्रश्न खडा भएका छन् ।
गौर नगरपालिका–८ स्थित आधारभूत प्राथमिक विद्यालय पुरेनवाको दयनीय अवस्था सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडाध्यक्ष विरेन्द्र साहको अगुवाईमा स्थानीय युवाहरू आक्रोशित बन्दै विद्यालय सुधार तथा सरसफाई अभियान संचालन गरेका हुन् ।
त्यती मात्रै नभई शिक्षाको मन्दीर विद्यालय परिसरमै मादक पदार्थ मदिरा, वियरको खाली बोतल फेला पर्नु, शौचालयमा फोहोरको थुप्रोमा परिणत हुनु तथा सरसफाइको अभाव देखिएपछि साहको नेतृत्वमा स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेका छन् ।
समाजसेवीको भुमिकामा समेत रहेका रास्वपाका वडा समितिका अध्यक्ष साहको नेतृत्वमा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी युवा, अभिभावक तथा स्थानीय बासिन्दाहरु सहभागी भएर विद्यालय परिसर सफा गरे । युवाहरूले लामो समयदेखि विद्यालय व्यवस्थापन र जनप्रतिनिधिको चरम लापरबाहीका कारण विद्याको मन्दिर नै फोहोर र दुर्गन्धको केन्द्र बनेको आरोप लाग्दै आएपछि सफाई गरिएको बताइएको छ ।
स्थानीयका अनुसार विद्यालय परिसर भित्रै दर्जनौँ मदिराका खाली बोतल भेटिनु अत्यन्त गम्भीर विषय हो । विद्यालय नजिकै खुलेआम मदिरा बिक्री भइरहँदा सम्बन्धित निकाय मौन बस्नुले कानुनको धज्जी उडेको उनीहरूको ठम्याई रहेको छ ।
विद्यालयमा आधारभूत मापदण्ड अनुसार शौचालय भए पनि नियमित सरसफाइ नहुँदा फोहोर र दुर्गन्धका कारण विद्यार्थीहरूको स्वास्थ्य जोखिममा परेको युवाहरूले बताए ।
समाजसेवी साहले वडा अध्यक्ष तथा नगरपालिका प्रति समेत असन्तुष्टि जनाउँदै विद्यालयको यस्तो दयनीय अवस्था प्रति बेवास्ता गर्नु गम्भीर कमजोरी भएको टिप्पणी गरे । सरसफाइ अभियानमा मुकेश कुमार साह, राम बालिक साह, सञ्जय साह, राजा बाबु महतो, सुबोध साह, कृष्ण साह लगायत दुई दर्जनभन्दा बढी युवाहरुले साथ दिएको बताए ।
स्थानीय युवाहरूले विद्यालय परिसरमा नियमित सरसफाइको व्यवस्था गर्न, विद्यालय आसपास क्षेत्रमा भइरहेका अनैतिक गतिविधि तत्काल रोक्न तथा शैक्षिक वातावरण सुधारका लागि सम्बन्धित निकायले अविलम्ब कडा कदम चाल्न युवाको ढुकढुकी साहले माग गरे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन