रौतहट, ३ जेठ । वीरगञ्ज स्थित नेपाल–भारत सीमा क्षेत्रको मैत्री पुल भएर बिना इजाजत गैरकानुनी रुपमा भारत प्रवेश गर्न लागिएका एक चिनियाँ नागरिकलाई एसएसबीले नियन्त्रणमा लिएको छ ।
भारतीय सीमा क्षेत्रमा खटिएका सशस्त्र सीमा बल (एसएसबी) को ४७ औं बटालियनले गएको शुक्रवार वीरगञ्ज–रक्सौल बीचमा रहेका मितेरी पुलबाट ५७ बर्षीय याओ शुझाङलाई नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेखि गरिएको हो ।
उनीसँग चीनको इजे ०१३८४०८ नम्वरको पासपोर्ट बरामद भए पनि भारत प्रवेशका लागि आवश्यक वैध भिसा कागजात भने फेला नपरेको सुरक्षा श्रोतबाट बुझिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफू खेलौना व्यवसाय सँग सम्बन्धित व्यापारी भएको बताए । उनीसँग लडाकु विमान, स्पाइडर म्यान मुखौटा लगायत विभिन्न शैलीका खेलौनाको खेप समेत बरामद गरिएको सुरक्षा स्रोतले जनाए ।
मिडिया रिपोर्टका अनुसार उक्त चिनियाँ नागरिक ११ मे २०२६ मा काठमाडौं हुँदै व्यापारिक प्रयोजनका लागि चितवन आएका थिए । त्यसपछि वीरगञ्ज नाका प्रयोग गरी भारत प्रवेश गर्ने क्रममा उनी एसएसबीको नियन्त्रणमा परेका हुन् ।
सुरक्षा अधिकारीहरुले ड्युटी परिवर्तन भइरहेका बेला उनी सीमाक्षेत्रमा प्रवेश गरेका थिए । मैत्री पुल पार गरी भारतीय कस्टम क्षेत्र हुँदै रक्सौल सहरतर्फ टाँगामा जाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।
उनी केवल चिनियाँ भाषामा मात्र बोल्ने भएकाले सोधपुछमा कठिनाइ भइरहेको बताइएको छ । सुरक्षा निकायले उनको भारत प्रवेशको वास्तविक उद्देश्य, सम्भावित सम्पर्क र गतिविधिबारे गम्भीर अनुसन्धान सुरु गरेका छन् ।
घटनाबारे पुष्टि गर्दै एसएसबी अधिकारी मनीष आनन्दले अवैध रूपमा बिहार प्रवेश गरिरहेका चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर नियमानुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले घटनालाई गम्भीर रूपमा लिएका छन् ।
पछिल्ला समय सीमावर्ती क्षेत्रमा विदेशी नागरिकको संदिग्ध गतिविधि र अवैध प्रवेशका घटना बढ्दै गएपछि एसएसबीसहित अन्य सुरक्षा निकायले सुक्ष्म निगरानी बनाएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन